१० हजार मिटरमा नेपाललाई ऐतिहासिक स्वर्ण दिलाएकी सन्तोषी श्रेष्ठ शुक्रबार ५ हजार मिटर दौडमा पदक जित्नबाट बञ्चित भइन्। उनले ५ हजार मिटर दौड चौथो नम्बरमा हुँदै पुरा गरिन्।
उनलाई स्वर्णबाट रोक्न भारतीय खेलाडीले ट्रयाकमा धेरै पल्ट अवरोध पुर्याउने प्रयास गरेका थिए। तर, हरिकुमार रिमाल र गोपीले मिलेर भारतीय अवरोधलाई चकनाचुर पारे।
उनी शुक्रबार महिला ५ हजार मिटर दौडमा पदकबिहिन बनिन्। श्रीलंकाकी उदा कुबुरालेगले १६ मिनेट ५५ दशमलव १८ सेकेन्डमा पुरा गर्दै स्वर्ण जितिन्। भारतीय धाविका पारुल चौधरीले १६ मिनेट ५७ दशमलव ४९ सेकेन्डमा रजत र प्रिति लाम्बाले १७ मिनेट ०९ दशमलव ३२ सेकेन्डमा कास्य जिते। सन्तोषी चौथो भइन्। उनले १७ मिनेट १३ दशमलव ६८ सेकेन्डमा दौड पुरा गरिन्।
नेपालमा जारी १३औं संस्करणको दक्षिण एसियाली खेलकुद अन्तर्गत पौडीको ब्यक्तिगत स्पर्धामा नेपालकी गौरिका सिंहले पहिलो स्वर्ण पदक जितेकी छन्।
उनले २ मिनेट ४४ दशमलव ६८ सेकेन्डमा दुरी पुरा गर्दै रजत जितेकी हुन्। यो स्पर्धामा भारतकी अपेक्षा देल्यालाले २ मिनेट ३८ दशमलव ०५ सेकेन्डमा पुरा गर्दै स्वर्ण जितिन्। ड्वानाले राष्ट्रिय कीर्तिमान पनि बनाएकी हुन्।
बिहीबार तेक्वान्दोतर्फको स्पर्धा समाप्त भएपछि भारत र पाकिस्तानी खेलाडी नेपाली गीतमा खुब रमाए। उनीहरू एकअर्कासँग अंगालो मारेर ‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो’, ‘सालको पात टपरी’ गीतमा खुब नाचे।
Dec 05, 2019
Dec 05, 2019
Dec 05, 2019
Dec 05, 2019
Dec 05, 2019