बैकुण्ठले ५ सय रुपैयाँमा जितेको पहिलो स्वर्ण!

बिएल नेपाली सेवाले साप्ताहीक रूपमा प्रकासित र प्रसारण गर्दै आएको ‘बैकुण्ठको दौडको ५० वर्ष’ कार्यक्रमअन्तर्गत भाग–२ मा हामी उनको पहिलो अन्तर्राष्ट्रिय पदकको विषयमा चर्चा गर्नेछौं।

यो कार्यक्रम नियमित रूपमा हरेक साता मंगलबार बिहान ८ बजे प्रसारण हुदैछ। नेपालका लिजेन्ड म्याराथन धावक बैकुण्ठ मानन्धरको दौड जीवनमा आधारित भएर प्रकासित हुने यो कार्यक्रम बरिष्ठ खेलपत्रकार नवीन अर्यालले गर्दैछन्। जसले विगत २० वर्षदेखि नेपाली खेलकुदलाई नजिकबाट नियालिरहेका छन्।

यो पनि- 

बैकुण्ठको दौडको ५० वर्षः मनिलामा विदेशी धावकलाई कसरी झुक्याए बैकुण्ठले? (भिडियोसहित) 

वास्तवमा बैकुण्ठले दौडिन थालेको २०२४ सालदेखि नै हो। तर, उनले राष्ट्रिय पदक २०२७ सालमा जितेका थिए। नेपाली खेलकुदमा उनी स्थापित भएको दिनलाई नै आधार मानेर हामीले उनीसँगको शृंखलालाई ‘बैकुण्ठको दौडको ५० वर्ष’ नामाकरण गरेका छौं। Details

‘बैकुण्ठको दौडको ५० वर्ष’ शृंखलाअन्तर्गत भाग–२ मा बैकुण्ठले प्राप्त गरेको पहिलो अन्तर्राष्ट्रिय पदकको विषयमा रोचक तथ्यलाई उजागर गर्ने प्रयास गरिएको छ। पाकिस्तानको लाहोर शहरमा आयोजना भएको ‘कायदे आजम अन्तर्राष्ट्रिय सेनेटरी प्रतियोगिता’ मा बैकुण्ठले पहिलो अन्तर्राष्ट्रिय पदक जितेका थिए।

यो स्पर्धामा उनले स्वर्ण जितेका थिए। नेपालबाट खेल खेल्न जाँदा उनीलगायत अन्य धावकले बाटोमा निकै दुःख पाएका थिए। नेपालबाट ५ सय रुपैयाँ बोकेर पाकिस्तान हिडेका बैकुण्ठलगायत अन्य खेलाडी खर्च अभावमा बाटोमा चटपटे खान्थे। उनीहरूको अवस्था हेरेर दुई जना मनकारी सरदारजीले भारतको राजधानी दिल्लीदेखि उनीहरूलाई राम्रो हेरचाह गरेर भारत–पाकिस्तान बोर्डर नजिकैको शहर अमृतसरको एउटा भब्य होटलमा बसोबास गर्ने व्यवस्था मिलाएका थिए। 

यो पनि- 

‘छोरो हराए पो दुःख, नत्र क्या का दु:ख’  

बाले बसको छतबाट ओढ्ने कम्बल, ओछ्याउने खसीको छाला, खाना पकाउने भाँडाकुडी र खाने सामलको भारी झारेर पिठ्यूमा बोके। र मलाई जुरुक्क उचालेर काखमा टाँसे। मेरा दुबै आँखाका डिलमा सुकेको माटोजस्तो सारो हातको हत्केलाले बगिरहेको नुनिलो पानी पुछ्दै भने -'छोरा, अरूले दिएको खाएर बेली हामी सप्पैको पैसा हरायो। अरुले दिएको खान हुन्न छोरा।'Details

उनीहरू होटलबालाले पैसा माग्ने डरले मध्यरातमा होटलको जेलजत्रो फलामको बारबाट हाम्फालेर भागेका थिए। लाहोरमा बैकुण्ठहरूको भब्य स्वागत भएको थियो। सन् १९४७ मा भारत र पाकिस्तान विभाजन नहुँदासम्म बेलायतको अधिनमा एउटै थियो। यति बेला लाहोरमा नेपाली पनि थुप्रै बसोबास गर्थे। पहिलो र दोस्रो विश्वयुद्धताका बेलायती सेनाले गोर्खालीलाई आफ्नो सेनामा भर्ति गराउन तालिमका लागि लाहोर लैजान्थे। नेपालीलाई भर्तिका लागि लाहोर लैजाने कारण नै कालान्तरमा नेपाली सेनालाई लाहुरे भन्न थालिएको इतिहास साझी छ।

विभाजनपछि लाहोर पाकिस्तानमा गाँभियो र धेरै नेपाली घर फर्किए। भारत र पाकिस्तान विभाजन नहुँदा धेरै लाहोरीहरू नेपाली सेनासँग घुम्नका लागि काठमाडौं आएका रहेछन्। बैकुण्ठलगायत नेपाली खेलाडी लाहोर आएको खबरले उनीहरू निकै प्रसन्न थिए। उनीहरू बैकुण्ठहरूलाई बिना पैसा खाना–नास्ता उपलब्ध गराउँथे। गाडी भाडा पनि निःशुल्क थियो।

बैकुण्ठले ‘कायदे आजम सेनेटरी प्रतियोगिता’ मा म्याराथनतर्फ स्वर्ण जिते। उनलाई जितबापत ५ सय रुपैयाँ प्रदान गरिएको थियो। अहिले पनि पुरानो दिन सम्झदा बैकुण्ठ रोमाञ्चित हुने गर्छन। उनले खेलेर पैसा पाएको त्यो नै पहिलो खेल थियो। ‘ओहो म त दंग’, बैकुण्ठले आफूमाथि बनिरहेको शृंखलामा बरिष्ठ खेलपत्रकार नवीन अर्यालसँग भने।

यो पनि- 

यौन हिंसाका कारण ६ पल्ट आत्महत्याको प्रयास गरेकी सीमा ‘स्टाफ नर्स’ पढ्दै 

सीमाको अबको चाहना छ– बिएस्सी नर्सिङ उत्तिर्ण गरेपछि जागिर गरेर सहयोग गर्ने सबैको ऋण चुक्ता गर्ने। उनी भविष्यमा महिलामाथि बलात्कार किन हुन्छ? महिलाहरू यौन हिंसामा किन पर्छन्? भन्ने विषयमा विशेषज्ञता हासिल गर्न चाहन्छिन्। Details

खेल जितेर बागा–बोर्डर हुँदै नेपाल फर्किने क्रममा बैकुण्ठलाई भारतीय कस्टम अफिसले नियन्त्रणमा लिएको थियो। यसको करण थियो, उनी अमृतसरको होटलबाट राती फरार भएका थिए। उनलाई दिल्लीबाट सहयोग गरेका सरदारजीले नै बागा–बोर्डरमा उजुरी हालेका रहेछन्। उनीहरूलाई थाहा थियो–बैकुण्ठ दौडिन लाहोर जाँदैछन्। भारतीय प्रहरीले बैकुण्ठलाई तिनै सरदारजीलाई बुझाएको थियो।

बैकुण्ठलाई देखेपछि उनीहरू मुस्कुराएछन्। र, सोधेछन्– किन राती भागेको?’ यसपछि बैकुण्ठले आफ्नो आर्थिक अवस्थाको विषयमा जानकारी दिएपछि उनीहरू झन् ठूलो स्वरमा हासेछन्। र, भनेछन्, ‘हामीलाई थाहा थियो। हामी पनि खेलाडी भएका कारण खेलाडीले भोग्नुपर्ने समस्याको विषयमा जानकार छौं। त्यसैले तिमीलाई सहयोग गरेको।’

उनीहरूले फेरि केही दिन बैकुण्ठहरूलाई त्यही होटलमा बस्ने व्यवस्था मिलाएका थिए। नेपाल फर्किने बेला खल्तीमा पुनः ५ सय भारुको नोट हालिदिएको बैकुण्ठ बताउँछन्। र, बाटोमा खान स्याउ र केराको तीन टोकरी दिएको सुनाउँछन्।

नेपालबाट खेल्न हिड्दा कसैले सोचेका थिएनन्, बैकुण्ठले खेल जित्छ भनेर। तर, उनले स्वर्ण जितेको कुरा उनी फर्किदा नेपालमा फैलिसकेको थियो। पछि उनलाई पत्रकारहरूले स्वर्ण कसरी जित्नु भयो भनेर प्रश्न गरे? उनको जवाफ थियो– ५ सय रुपैयाँले आएको स्वर्ण। भोलीपल्ट पत्रपत्रिकामा यही हेडलाइनमा समाचार प्रकाशित भयो।

यो पनि- 

पोखराको साैन्दर्यता जोगाउन किन नतातेको सरकार? (भिडियो) 

व्यवसायीमा पर्यावरणीय चिन्ताभन्दा पनि आफ्नो स्वार्थ कसरी सिद्ध गर्ने? त्यसको मात्र चिन्ता देखिन्छ। ताल वरपर ६५ मिटर मिचेर धेरै होटल निर्माण भएका छन्। गत वर्ष अदालतले ताल वरिपरि मिचिएको जग्गा खाली गर्न सरकारलाई निर्देशन दिएको थियो। तर, विभिन्न पार्टीको झण्डा बोकेर र लेबी काटेर बसेका व्यवासायीले अदालतको यो निर्णय नसुने झैं गरे। सरकार पनि उनीहरुको अगाडि निरिह देखियो। Details

त्यो हेडिङले बैकुण्ठलाई मात्र होइन, समाचार लेख्ने पत्रकारहरूलाई पनि गाह्रो परेछ। उनीहरू खण्डन छपाइदिन बैकुण्ठ कहाँ धाउन थाले। तर, बैकुण्ठ आफ्नो कुरामा टसका मस भएनन्। उनले भनेछन्, ‘खेल्न पठाएकै ५ सय रुपैयाँ दिएर हो। म होइन भन्दिन। तपाईलाई सच्चाउने इच्छा छ भने आफै सच्चाएर लेख्नुस्।’
उनको यही हक्की स्वभावका कारण बैकुण्ठलाई नेपाली खेलकुदका पदाधिकारीले एउटा उपमा भिडाए। त्यो थियो– ‘घमण्डी।’

हो, बैकुण्ठ घमण्ड गर्थे। तर, के कुरामा? यसको गुत्थी विस्तारै सुल्झाउँदै जानेछम। यस शृंखलामा उनको पहिलो अन्तर्राष्ट्रिय पदकको कहानी। 

Comments

चाँदनी हमाल/गोरखापत्र
सागर बुढाथोकी/अनलाइन खबर