काठमाडौं- ‘मेरो छोरा कसरी बसेको होला? खाएको छ कि छैन होला?’ म्याग्दी जिल्ला दरबाङकी हरिमाया निउरे नियतीसँग प्रश्न गर्छिन्।
‘मेरो छोरालाई फर्काइदिनुस्, नत्र उनीहरूले मार्छन्, उसलाई बचाइदिनुस्,’ बाेल्दै गर्दा उनका कलेटी परेका ओठ काँपेको देख्न सकिन्थ्यो। आँखा भरिएर र तप्प तप्प आँशु खस्न थाल्छन्। विगत ३ वर्षदेखि हरिमायाको आश यसै गरी आँसु बनेर झरिरहेको छ। ‘छोरा खुसी बोकेर फर्किन्छ भन्ने कत्रो आश थियो...,’ हरिमायाको गला अवरुद्ध भयो।
परिवारमा खुसी लिएर फर्कने बाचा गर्दै हिँडेका हरिमायाका जेठा छोरा राजकुमार निउरे साउदीमा जेलमा पुगेको खबर परिवारमा आएपछि पुरै परिवारको आँशु थामिएको छैन।
Dec 05, 2019
Dec 05, 2019
Dec 05, 2019
Dec 05, 2019
Comments