पोखराको साैन्दर्यता जोगाउन किन नतातेको सरकार? (भिडियो)

पोखरा नेपालकै सफा र सुन्दर नगरी भनेर चिनिन्छ। पोखरा सुन्दर हुनुको मुख्य कारण फेवा ताल भएकोमा कुनै दुविधा छैन्। यहाँ बाह्रै महिना बिश्वभरिका पर्यटक ओइरिने गरेका छन्। पहिले जस्तो अहिले पोखराको सुन्दरता देखिदैन्। ताल दिन प्रतिदिन फोहर हुँदै गएको छ। तालमा उम्रिने घाँसले तालको रुप बिगार्ने कुरा आफ्नाे ठाउँमा छदैछ, तालको छेउ वरिपरि होटलहरुले सरकारी जग्गा अतिक्रमण गरेर बनाएको संरचनाले पोखरालाई झनै कुरुप बनाएको छ।

व्यवसायीमा पर्यावरणीय चिन्ताभन्दा पनि आफ्नो स्वार्थ कसरी सिद्ध गर्ने? त्यसको मात्र चिन्ता देखिन्छ। ताल वरपर ६५ मिटर मिचेर धेरै होटल निर्माण भएका छन्। गत वर्ष अदालतले ताल वरिपरि मिचिएको जग्गा खाली गर्न सरकारलाई निर्देशन दिएको थियो। तर, विभिन्न पार्टीको झण्डा बोकेर र लेबी काटेर बसेका व्यवासायीले अदालतको यो निर्णय नसुने झैं गरे। सरकार पनि उनीहरुको अगाडि निरिह देखियो।

यो पनि हेर्नुहोस्- 

'म मुस्लिम छोरी नेपाल आएर बेचिएँ' (भिडियोसहित) 

'सधैं पछयौराले मुखसम्म छोपेर हिडेकि मान्छे पहिलो दिन जब छोटा कपडामा ग्राहकसँग ढेसिएर बस्नुपर्‍यो, मैले त्यही दिन सोचेँ- म नेपालमा बेचिएँ,' उनले आँखाभरी आँशु पार्दै भनिन्, 'ग्राहकलाई खुसी पार्न शरीरतिर छामछाम छुमछुम गर्दा विद्रोह गर्ने स्थिति नहुनू भनेकै बेचिनु होइन त म्याम?' उनको यो प्रश्नको जवाफ दिने स्थितिम सँग थिएन। Details

अतिक्रमित जग्गा हालसम्म खालि गर्न नसकेको सरकारको अनुहार देखेर यहाँका स्थानीय आश्चर्यमा परेका छन्।

फेवातालमा डुङ्गा खियाएर बसेका एक व्यवसायी हेम गुरुङ भन्छन्– पोखरामा पर्यटक फेवातालकै कारण आउने गर्छन्। तर, यसको सुन्दरताको जगेर्ना गर्ने सोच कुनै व्यवसायीको छैन। फेवाले नै उनीहरुको व्यापार व्यवसाय चम्किएको छ। यो त सुनको अण्डा दिने कुखुरालाई काटेर खाएको जस्तो उखान भइगयो नि।

अर्का स्थानीय धर्मराज लुइटेल पनि दु:खेसो पोख्छन्– तालदेखि ६५ मिटर एरिया खालि गराएर पोखरालाई देशको सुन्दर नगर बनाउने सरकारको योजना हो।

यो पनि हेर्नुहोस्- 

यौन हिंसाका कारण ६ पल्ट आत्महत्याको प्रयास गरेकी सीमा ‘स्टाफ नर्स’ पढ्दै 

सीमाको अबको चाहना छ– बिएस्सी नर्सिङ उत्तिर्ण गरेपछि जागिर गरेर सहयोग गर्ने सबैको ऋण चुक्ता गर्ने। उनी भविष्यमा महिलामाथि बलात्कार किन हुन्छ? महिलाहरू यौन हिंसामा किन पर्छन्? भन्ने विषयमा विशेषज्ञता हासिल गर्न चाहन्छिन्। Details

अदालतबाट पनि फैसला भएको छ। तर, सरकारको योजना हुँदाहुँदै र अदालतले पनि निर्णय गरिसकेको अवस्थामा कुरा कहाँनेर अड्कियो हामीले बुझ्न सकिरहेका छैन्।

पोखराको सुन्दरतालाई चिरस्थायी बनाउन सरकारले आफ्नो योजना लागु गराइहाल्नु पर्ने आवश्यकता छ। यो कार्यमा सरकार जति कमजोर भयो, पोखराको साैन्दर्यता गुम्ने खतरा उत्तिनै बढेर जाने पक्का छ।

यो पनि - 

गोठाला बन्दै पर्यटन उद्यमी (भिडियोसहित)

पर्यटनमा दुई दशक विताएका पोखरेली उद्यमी तारानाथ पहारी भन्छन्, ‘लजस्टे र होमस्टेको हाइब्रिड फार्मस्टे ।’ वनभोज खान, बैठक बस्न र सप्ताहन्त मनाउन उनीहरूको चापाकोट फार्मस्टे युनिक गन्तव्य बन्न सक्छ । Details

Comments

चाँदनी हमाल/गोरखापत्र
सागर बुढाथोकी/अनलाइन खबर