त्रिशूली नदीमा नुहाउन गाएका युवा बेपत्ता

बिएल

इच्छाकामना गाउँपालिका–४ धारापानीस्थित त्रिशूली नदीमा बिहिबार दिउँसो नुहाउने क्रममा नदीले गाएर एक जना बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बेपत्ता हुनेमा विरगञ्ज महानगरपालिका–३२ का अन्दाजी २१ वर्षीय विजय लामा रहेका छन्।

धारापानी क्षेत्रमा ज्यालामजदूरी गरी बस्दै आएका लामा नुहाउने क्रममा दिउँसो तीन बजे बेपत्ता भएका हुन्। उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

Comments

कुमार लुइँटेल
शिलापत्र संवाददाता/शिलापत्र