जीप दुर्घटनामा दुई जनाको मुत्यु भएको छ। त्रिवेणी गाउँपालिकाको फलावाङबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा१झ ४३२ नं को जीप बडाखोलामा दुर्घटना भएको हो । दुर्घटनामा आठ जना घाइते भएका छन्।
गम्भीर घाइते त्रिवेणी गाउँपालिका–४ फलावाङका ६० वर्षीया कृष्णदेवी परियार र सोही ठाउँका ५९ वर्षीया यज्ञी थापाको उपचारको क्रममा प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइते हुनेमा जीप चालक फलावाङका २८ वर्षीय सन्दीप परियार, सोही ठाउँका २३ वर्षीया रीता रावत, ८ वर्षीया ज्योति रावत, २३ वर्षीया मोती रावत, ५५ वर्षीया सावित्रा खत्री, २२ वर्षीया तारा थापा, २१ वर्षीया राधा बोहरा र दाङको तुलसीपुर उपमहानगरपालिकाकी २८ वर्षीया दिला बुढा छन्। घाइतेको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
Dec 05, 2019
Dec 05, 2019
Dec 05, 2019
Dec 05, 2019
Dec 05, 2019
Dec 05, 2019
Comments