पूर्व कप्तान पारस खड्कालाई टिममा समावेश गर्दै नेपालले १५ सदस्यीय १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ) टिमको घोषणा गरेको छ।
गत महिना कप्तान पदबाट राजीनामा गरेपछि उनी पहिलो पल्ट टोलीमा फर्किएका हुन्।
ज्ञानेन्द्र मल्लको कप्तानीमा घोषणा गरिएको टिममा दीपेन्द्रसिंह ऐरीलाई उपकप्तान नियुक्त गरिएको छ।
घोषित टोलीमा करन केसी, सोमपाल कामी, सन्दीप लामिछाने, विनोद भण्डारी, अविनाश बोहरा, सुषन भारी, कुशल भूर्तेल, सुन्दीप जोरा, मोहम्मद आरिफ शेख, पवन शर्राफ, ललितनारायण राजवंशी र रशिद खान समावेश छन्।
अतिरिक्त खेलाडीमा रोहितकुमार पौडेल, भीम सार्की र सागर ढकाल रहेका छन्।
Dec 05, 2019
Dec 05, 2019
Dec 05, 2019
Dec 05, 2019
Dec 05, 2019
Dec 05, 2019
Comments