जहाँ बाँसका सामान बेच्न गाउँ नै किन्नुपर्छ

यति बेला लुटन मरिक नेपाली सेनाको जागिरमा फर्किइसके होलान्! छठको समयमा भने हामीले उनलाई सप्तरी, हनुमाननगरस्थित उनको घरैमा भेटेका थियौं। छुट्टीमा गाउँ आएका लुटनका हात बाँसका सामग्री बनाउने पुर्ख्यौली पेसामा चलमलाइरहेका थिए।

छठ जति महत्त्वपूर्ण छ, त्यति नै महत्त्वपूर्ण छ दलित समुदायले बनाउने बाँसका सामग्री। दौरी, छिट्टी, कोनिया लगायत विभिन्न आकारप्रकारका बाँसका भाँडाकुँडा छठमा अनिवार्य हुन्छन्। समग्रमा यी सबैलाई 'ढाकी' भनिन्छ।

छठमा आफ्नो घरमा फलेका फलफूल, तरकारी साथै घरमा बनाएको ठेकुवा लगायत परिकार घाटमा लगेर पूजा गर्ने चलन छ। त्यति बेला नयाँ ढाकी नभई हुन्न। पूजाका एक सहभागीका अनुसार आफ्नो भाकल पूरा हुँदा ढाकीको संख्या बढाउँदै, सामान थप्दै लैजाने चलन पनि छ।

बाँसका सामग्रीलाई प्राकृतिक शुद्धताको मानक मानिन्छ। मान्छेको सृष्टिसँगै बाँस जोडिएर आएको छ। शिकारी युगदेखि कृषि युगसम्म आउँदा बाँस विभिन्न रूपमा प्रयोग भएको छ। तामाका रूपमा खाएर, भाटा बनाएर, चोया काढेर र जीविकामा आवश्यक सामान बाँसबाटै तयार हुँदै आए। मान्छेको अन्त्येष्टिमा पनि बाँस नभइ हुँदैन।

Comments

चाँदनी हमाल/गोरखापत्र
सागर बुढाथोकी/अनलाइन खबर