किन हिन्दुहरूले मुक्तिनाथ क्षेत्रलाई पवित्र मान्छन्?

बिएल

यसै पनि नेपालको मुस्ताङ क्षेत्रको चर्चा विश्वभरि छ। यसमा पनि मुक्तिनाथ धाम हिन्दु धर्मालम्बीका लागि महान मानिन्छ। मुस्ताङ जिल्लाको थोरांग ला पहाडको बीचमा अवस्थित यो मन्दिरलाई पाप विनाश गर्ने तीर्थको रूपमा पनि लिने गरिन्छ। भगवान विष्णुले यही ठाउँमा दैत्य जलन्धरको श्रीमति बृन्दाको श्रापबाट मुक्ति पाएको जनश्रृति छ।

धार्मिक ग्रन्थले मुक्तिक्षेत्रलाई मोक्ष प्राप्त गर्ने स्थानको रूपमा दर्शाएको छ। यो ठाउँमा भगवान विष्णु शालिग्राम बनेर बसेको हुनाले शालिग्रामको पुजा हुने गर्दछ। गण्डकी नदीको दोभानमा रहेको मुक्तिनाथ मन्दिर बौद्ध धर्मालम्बीका लागि पनि उत्तिकै आस्थाको केन्द्र मानिन्छ।

१२३०० फिटको उचाईमा बनेको मन्दिर

थुप्रै हिन्दुग्रन्थमा मुक्तिनाथ धामको नाम उल्लेख भएको पाइन्छ। यो ३७ सय ५० मिटर अर्थात १२ हजार ३ सय फिटको उचाईमा पर्दछ। मन्दिर पगौडा शैलीमा निर्माण भएको छ। मुक्तिनाथ पञ्चतत्वबाट बनेको क्षेत्र हो। यहाँ पृथ्वी, जल, आकाश र वायुको साथै प्राकृतिक रूपमा बल्ने अग्नि एकै ठाउँमा पाइन्छ। त्यसैले यो क्षेत्र निकै सिद्ध मानिन्छ। सन् १८१५ मा महारानी सूवर्णप्रभाले मुक्तिनाथ मन्दिरको पुनर्निमाण गर्न लगाएकी थिइन।

ब्रम्हाजीको यज्ञबाट बनेको मुक्तिनाथ क्षेत्र

पुराणका अनुसार पृथ्वी ७ भाग र ४ क्षेत्रमा विभाजित छ। यी चारमध्ये सबैभन्दा प्रमुख मुक्तिनाथ क्षेत्रलाई मानिन्छ। मुक्तिनाथ क्षेत्रसँग जोडिएको कथाअनुसार शालग्राम पर्वत र दामोदर कुण्डको बीच ब्रम्हाजीले यज्ञ गरेका थिए। जसको प्रभावले भगवान शिव अग्नि र ज्वालाको रूपमा र नारायण जलको रूपमा उत्पन्न हुन विवश भएका थिए। यसैबाट पाप नाश गर्ने मुक्तिक्षेत्रको निर्माण भएको भनाई छ।

पञ्चतत्व र त्रिशक्तिको प्रतिक

मुक्तिनाथ परिषरको दक्षिणी कुनामा मेबर लखांग गोम्पा नामको एउटा स्थान छ। जसलाई सालमेम्बर डोलम्बार गोम्पा वा ज्वाला माई मन्दिर पनि भन्ने गरिन्छ। यहाँ प्राकृतिक ग्याँसबाट लगातार दीपज्वलन भइरहेको हुन्छ। यसै कारण यो ठाउँमा भगवान ब्रम्हाले यज्ञ गरेको मानिन्छ। यहाँ अग्निसँगै जलको धारा पनि बगिरहेको छ। पानी र अग्निको यो संयोगलाई निकै दूर्लभ मानिन्छ। त्यसैले यो ठाउँलाई त्रिशक्ति र पञ्चतत्वको प्रतिक पनि मान्ने गरिन्छ।

मन्दिरको महत्व

पौराणिक कथाअनुसार दैत्य जलन्धरको मृत्युका लागि भगवान विष्णुले उनको श्रीमति बृन्दाको सतित्व हरण गरेका थिए। बृन्दाले यो थाहा पाएपछि विष्णुलाई चारवटा श्राप दिएकी थिइन। जसका कारण विष्णुले शालिग्राम, पिपल, तुलसी र कुश भएर बाच्नु पर्यो। श्रापमुक्त नहुँदासम्म भगवान विष्णु मुक्तिनाथमा शालिग्रामको रूपमा रहेका थिए।

मुक्तिनाथ क्षेत्रको मन्दिर

मुक्तिनाथ क्षेत्रमा शालिग्रामबाहेक अर्को मन्दिर पनि छ, जुन शिव मन्दिर हो। यसमा शिव र माता पार्वतीको मूर्ति छ। यो मन्दिर अन्य ४ सहायक मन्दिरबाट घेरिएको छ। यसको नजिकै दक्षिणतर्फ विष्णुको मन्दिर छ। शिवको मन्दिरपछाडि श्रीरामको मन्दिर छ, जो विष्णुको सातौं अवतार मानिन्छन्। सँगै कृष्ण मन्दिर पनि छ, जो विष्णुको आठौं अवतार मानिन्छन्। अन्त्यमा गणेशको पनि मन्दिर छ।

मन्दिर नजिकै बनेको मुक्तिकुण्ड

मुक्तिधाम नजिकै गण्डक नदी र दामोदर कुण्डको मिलन जहाँ हुन्छ, त्यसलाई काकबेनी भनिन्छ। पुरानो मान्यताअनुसार यहाँ श्राद्ध तर्पण गर्ने व्यक्तिको २१ पुस्तासम्मले मुक्ति पाउँछन्।

Comments

सबिना श्रेष्ठ र समिक्षा अधिकारी
टपेन्द्र कार्की