निर्मला-प्रकरण : यी हुन् डीएनए परीक्षणमा पाइएका ११ त्रुटी

बिएल

निर्मला पन्त बलात्कार हत्या प्रकरणमा डिएनएबाट हत्यारा खोजी गर्ने बाटो बन्द भएको छ। गृह मन्त्रालयले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्व निर्देशक जीवनप्रसाद रिजालको नेतृत्वमा गठन गरेको तीन सदस्यीय छानविन समितिले प्रहरीले यसअघि गरेको अनुसन्धानमा निकै त्रृटी भएको र छानवीनको सामान्य प्रकृया पनि अवलम्बन नगरेको भन्दै असन्तुष्टी जाहेर गरेको छ।

प्रतिवेदनमा १३ वर्षीय निर्मलाको बलात्कार–हत्या मामिलामा प्रहरीले आफ्नो अनुसन्धानमा उनको ‘भेजिनल स्वाब’ मा भेटिएको दावी गरेको पुरुष विर्यमाथि नै शंका उत्पन्न गरेको छ।

गृहको करिब एक महिना लामो अनुसन्धानमा रिजाल संयोजक भएको समितीले ११ वटा मूल निष्कर्ष निकाल्दै प्रतिवेदन बुझाएको छ। गृहले बुझाएको प्रतिवेदन गृहले प्रहरी प्रधान कार्यालय नक्सालमा प्रहरी महानिरीक्षकको सचिवालयलाई समेत सुम्पिसकेको छ।

प्रहरी श्रोतका अनुसार रिजालको प्रतिवेदनमा उल्लेख भएका बुँद्धाहरूको अध्यन गरेर निर्मला बलात्कार–हत्या प्रकरणमाथि थप अनुसन्धान गर्ने बताइएको छ।

बिएल नेपाली सेवालाई गृह मन्त्रालय स्रोतबाट प्राप्त प्रतिवदेनको निष्कर्ष नम्बर ५ मा भनिएको छ– ‘भेजिनल स्वाबमा भनिएको पुरुषको डिएनए विर्य हो भन्न नसकिने अवस्था छ।’

केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले भदौ २४ मा प्रकाशित रिपोर्टमा निर्मलाको भेजिनल स्वाबबाट संकलित नमूनामा एउटा मात्र ‘वाई’ एसटिआर प्रोफाइल भेटिएको उल्लेख गरेको थियो। यसको अर्थ हो , उनको योनाङ्ग मा पुरुषको विर्य देखिनु।

निर्मला–प्रकरणमा डिएनए परीक्षणमा ल्याबको त्रुटि हुनसक्ने प्रशस्त आधार भेटिएपछि राष्ट्रिय मानवअधिकार आयोगले डिएनए र ल्याब परीक्षण गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको थियो।

समितिले अनुसन्धानपछि गृहलाई बुझाएको प्रतिवेदनका ११ बुँदा यस्ता छन्–

१ योनीमा शुक्रकीट शिघ्र क्षय हुने अवस्था रहेकोमा लास भेटिएको र पोष्टमार्टम भएको समयबीच लामो अन्तराल देखियो। जसले योनीमा डिएनए क्षय हुने र बिग्रिने सम्भावना झन् बढायो। निर्मलाको लास भेटिएपछि कञ्चनपुरमा हत्यारा पत्ता लगाउन माग गर्दै प्रर्दशनकारीले लासलाई ट्याक्टरमा राखेर घुमाएका थिए। जसले गर्दा प्रहरीले तत्कालै पोष्टमार्टम गर्न पाएको थिएन।

२ पोष्टमार्टमको क्रममा प्रयोग भएका उपकरण तथा स्वाब र पोष्टमार्टम टेबल ‘डिएनए फ्री’ थिएनन्। जसले गर्दा डिएन दूषित हुन सक्ने अवस्था देखियो। वास्तवमा पोष्टमार्टम गर्दा जुन तरिकाले सुरक्षा अपनाएर गुणस्तरीय उपकरण प्रयोग गर्नुपर्ने थियो, त्यो भएन। अर्थात स्वाब निकाल्न झाडुको सिन्कोसमेत प्रयोग भयो।

३ भौतिक प्रमाण परीक्षण गर्दा सम्भव भएसम्म कम नमुना प्रयोग हुने गरी नमुना जोगाएर परीक्षण कार्य गर्नुपर्नेमा तीन वटै ‘भेजिनल स्वाब’ मा परीक्षण गरिएको, ‘भेजिनल स्वाब’ मा रगत परीक्षण आवश्यक नभए पनि सो गरिएको। साथै वीर्य परीक्षणमा तीन किसिमका पाँच प्रयोगका कारण डिएनएका लागि पर्याप्त नमुना जोगाउने र दूषणको सम्भावना रोक्नेतर्फ संवेदनशील भएको पाईएन। निर्मला बलात्कार–हत्या काण्डमा महाकाली अञ्चल अस्पतालमा ११ साउनमा लगिएको निर्मलाकाे शवको पोस्टमार्टम गर्दा डाक्टरले शवको योनी भित्रबाट कटन स्वाब स्टिक प्रयोग गर्दै तीन थरिका नमूना संकलन गरी टेस्ट ट्युबमा राखेका थिए। ती टेस्ट ट्युबबाहिर लेबल टाँसिएको थियो–१०, २एम र ३एचआई। त्यसरी निकालिएको स्वाब तीनवटै प्रहरीको ल्याबले प्रयोग गरेकाले अर्को ल्याबमा पठाउने नमुना नष्ट हुन पुग्यो।

४ पीडितबाट संकलित ‘भेजिनल स्वाब’ मा विर्य भएको बारे प्रयोगशालाबाट प्राप्त जानकारीबाट भेरिफाई गर्न सकिएन।प्रयोगशालाले निर्मलाको भेजिनल स्वाबमा भेटिएको विर्य हो या होइन पुष्टि नै भएन।

५ ‘भेजिनल स्वाब’मा भेटिएको डिएनए पुरुषको हो भन्ने नै अवस्था रहेन। त्यो अरु कसैको डिएनए वा केही हुन सक्ने देखियो।साधारण भाषामा भन्नुपर्दा बलत्कारीको नभएर चेक गर्ने चिकित्सकको पनि हुन सक्ने देखियो।

६ नकारात्मक नतिजा निस्केको अवस्थामा डिएनए मार्कर कम्ती संख्याको भए पनि फरक नपर्ने तर सकारात्मक नतिजा आएको अवस्थामा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हुन पर्ने। नेपाल प्रहरीको ल्याबमा १६ वटा मात्र मार्कर प्रयोग भएको छ। तर अहिले विश्वमा २४ वटासम्म मार्कर प्रयोग गर्ने ल्याब छन्। नेपालको राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पनि २४ वटा मार्कर प्रयोग हुन्छ। त्यसैले पुलिसको ल्याबले दिएको रिपोर्ट अन्तर्राष्ट्रिय स्तरको देखिएन।

७ एउटामात्र डिएनएको भिन्नता र समानता वास्तविक र अन्य व्यक्तिलाई छुट्याईने आधार हुन, भएका पुरुष प्रस्तावबीच समानता तथा अध्ययन अनुसन्धानमा असम्बन्धित व्यक्तिमा समेत अत्यधिक मिल्ने गर्छ। जस्तै यो मुद्धामा १४ वटासम्म डिएनए आरोपितसँग मिलेका परिप्रेक्षमा प्राप्त नतिजा आरोपित व्यक्तिलाई बातिल गर्न पर्याप्त रहेको तर समानता भएको अवस्थामा महत्वपूर्ण वैज्ञानिक प्रमाणको रुप लिन नसकिने देखिन्छ।

८ डिएनलाई ह्यान्डल गर्ने प्रोटोकल नभएको र संकलित नमुना त्रुटिरहित संकलन, भण्डारण, चेन अफ कस्टडी मेन्टेन रहेको प्रमाणित गर्न पर्याप्त आधार नरहेको कारण यसमा प्रश्न उठ्ने अवस्था रह्यो।

९ प्राप्त नतिजाको प्राविधिकपक्ष विश्लेषण गर्दा विश्वसनीय देखिएको तर नमुना बिग्रन र दूषणको संभावना पनि उच्चरहेको हुँदा प्राप्त नतिजाका सात पार अपराधी हो वा दूषणको परिणाम हो? निर्विवाद पुष्टयाई सम्भव हुन नसक्ने अवस्था रहेकोले वाई–एसटिआर नतिजा एकमात्र प्रमाणको रुपमा लिन नसकिने देखियो।

१० परीक्षण पश्चात बाँकी रहेको नमुनामा पुनः वा थप परीक्षण गर्न सकिने अवस्था रहेन।

११ यस मुद्धामा प्रयोग भएका १७ वटा मार्करयुक्त किटभन्दा नेपालका अन्य प्रयोगशालामा उपलब्ध २७ वटा मार्करयुक्त अत्याधुनिक ‘वाई फिलर टिएम प्लस पिसिआर एम्प्लिफिकेशन’ किटका प्रयोग बढी महत्वपूर्ण हुने थियो।

यो पनि हेर्नुहोस्

निर्मला प्रकरणमा डिएनएको च्याप्टर बन्द, विर्य पुरुषको नभएको प्रतिवेदनकाे ठहर

Comments

सबिना श्रेष्ठ र समिक्षा अधिकारी
टपेन्द्र कार्की