च्याम्पियन्स लिग:रियलको पहिलो जित

तस्बिरः एजेन्सी

रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा पहिलो जित निकालेको छ ।

बुधबार बिहान भएको खेलमा रियलले टर्किस क्लब गलातासारेमाथि १–० को जित निकालेको हो ।

टोनी क्रुसले १८ औ मिनेटमा गोल गर्दै रियल मड्रिडलाई जित दिलाउन सफल रहे ।

यसै सिजन रियल आएका ईडेन हजार्डको प्रहार क्रसबारमा लागेर फर्किएको थियो । सोही कारणले रियलले अग्रता दोब्बर बनाउने मौका चुकाएका थियो ।

समूह एको खेलमा रियलले तीन खेलबाट ४ अंक जोडेको छ र दोस्रो स्थानमा उक्लिएको छ । गलातासारे १ अंक सहित पुछारमा छ ।

Comments

सबिना श्रेष्ठ र समिक्षा अधिकारी
टपेन्द्र कार्की