एटलान्टाविरुद्ध सिटीको शानदार जित,स्टर्लिङले गरे ह्याट्रिक

तस्बिरः एजेन्सी

म्यान्चेष्टर सिटीले च्याम्पियन्स लिगमा ईटालीको एटलान्टाविरुद्ध जित निकालेको छ ।

बुधबार बिहान भएको खेलमा सिटीले एटलान्टालाई ५–१ गोल अन्तरले हराउँदै जित हात पारेको हो ।सिटीको जितमा रहिम स्टर्लिङले ह्याट्रिक गरे। यता सर्जियो अग्युरोले दुई गोल गरे ।

खेलको अग्रता भने एटलान्टाले लिएको थियो । २८ औ मिनेटमा रुस्लान मिलिनोवस्कीको गोलबाट एटलान्टाले अग्रता लिएको हो ।

३४ औं मिनेटमा अग्युरोले सिटीका लागि बराबरी गोल गरे ।त्यसको चार मिनेटपछि पेनाल्टीमा गोल गर्दै अग्युरोले सिटीलाई २–१ ले अघि बढाए । पहिलो हाफ २–१ ले अगाडी रहेको सिटीले दोस्रो हाफमा थप ३ गोल गर्यो ।

५८ औं मिनेटमा स्टर्लिङले सिटीलाई ३–१ को अग्रता दिलाए ।६४ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरेका उनले ६९ औं मिनेटमा ह्याट्रिक पुरा गरेका थिए ।

८२ औ मिनेटमा फोडिन रातो कार्ड खादै मैदान बाहिरिएपछि सिटी १० खेलाडीमा सिमित रहेर खेलको अन्त्य गरेको थियो ।

समूह सीमा रहेको सिटीको सतप्रतिशत नतिजा सहित ९ अंक रहेको छ । एटलान्टा अंक विहिन हुदै तालिकाको पुछारमा छ ।

Comments

अजय फुयाल/नेपाल न्यूज
यलु जोशी/गोरखापत्र
टेकराज थामी/ज्ञानेन्द्र कार्की
निर्दोष घोरसाइने