ड्याबाला चम्किदाँ युभेन्ट्सले मस्कोलाई हरायो

तस्बिरः एजेन्सी

पाउलो ड्याबाला चम्किदाँ च्याम्पियन्स लिग फुटबलमा युभेन्ट्सले रसियन क्लब लोकोमोटिव मस्कोलाई हराएको छ ।

घरेलु मैदानमा युभेन्ट्सले लोकोमोटिव मस्कोलाई २–१ गोल अन्तरले हराएको हो ।खेलमा अग्रता पाहुना टोलीले अलेक्सी मिरान्चुकको गोलबाट लिएको थियो । उनले ३० औ मिनेटमा रसियन क्लबलाई अगाडी बढाएका थिए ।

तर अर्जेन्टिनी फरवार्डले दोस्रो हाफमा तीन मिनेटको अन्तरमा दुई गोल गर्दै घरेलु टोलीलाई जित दिलाउन सफल रहे ।

युभेन्ट्सको जितमा दुवै गोल ड्याबालाले गरे । उनले खेलको ७७ औ मिनेट र ७९ औ मिनेटमा गोल गरेका थिए ।

समूह डीको खेलमा शीर्ष स्थानको युभेन्ट्सले ३ खेलबाट ७ अंक जोडेको छ । एट्लेटिको मड्रिड समान अंक भएपनि गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।

रसियन क्लब ३ अंक सहित तेस्रो स्थानमा यथावत छ ।

Comments

अजय फुयाल/नेपाल न्यूज
यलु जोशी/गोरखापत्र
टेकराज थामी/ज्ञानेन्द्र कार्की
निर्दोष घोरसाइने