च्याम्पियन्स लिग: पीएसजीको शानदार जित,एम्बाप्पेले गरे ह्याट्रिक

तस्बिरः एजेन्सी

पेरिस सेन्ट जर्मेन (पीएसजी)ले च्याम्पियन्स लिग फुटबलमा शानदार जित निकालेको छ ।

बुधबार बिहान भएको खेलमा पीएसजीले बेल्जियमको क्लब ब्रुगिसलाई ५–० गोल अन्तरले हराएको हो । पीएसजीको जितमा केलियन एम्बाप्पेले तीन र ईकार्डीले दुई गोल गरे ।

एन्जल डी मारियको पासलाई सदुपयोग गर्दै खेलको सातौ मिनेटमा ईकार्डीले पीएसजीलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १–० ले अगाडी रहेको पीएसजीले दोस्रो हाफमा थप ४ गोल गर्यो ।

६१ औं मिनेटमा पीएसजीका लागि बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका एम्बाप्पेले दोस्रो गोल गरे । त्यसको दुई मिनेटपछि ईकार्डीले ब्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३–० ले अघि बढाए ।

डी मारियाको क्रसलाई सदुपयोग गर्दै ७९ औं मिनेटमा एम्बाप्पेले पीएसजीलाई ४–० ले अघि बढाए । ८३ औ मिनेटमा एम्बाप्पेले ह्याट्रिक पुरा गरेका थिए ।

समूह एको खेलमा जित सहित समूहको शीर्ष स्थानको पीएसजीले ९ अंक जोडेको छ । क्लब ब्रुगिस २ अंक सहित तेस्रो स्थानमा छ ।

Comments

अजय फुयाल/नेपाल न्यूज
यलु जोशी/गोरखापत्र
टेकराज थामी/ज्ञानेन्द्र कार्की
निर्दोष घोरसाइने