‘तानाजी द अनसंग ओरियर’को फस्टलुक सार्वजनिक,अजय र सैफअली एकसाथ देखिँदै

तस्बिरः एजेन्सी

फिल्म ‘तानाजी द अनसंग ओरियर’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको पोस्टरमा अजय देवगन र सैफअली खानलाई देखिइएको छ ।

अभिनेता अजय देवगनले फिल्मको फस्टलुक आफ्नो इन्स्टाग्रामबाट पनि शेयर गरेका छन् । फस्टलुकमा अजय मराठा योद्धाको रुपमा देखिएका छन् । सामाजिक संजालमा उनको पोस्टर भाइरल भइरहेको छ ।

सार्वजनिक पोष्टरमा सैफअली खानको लुक पनि बाहिरिएको छ । सैफको भूमिका राजपुत लडाकु जयसिंह राठौरको रहेको छ । फिल्म योद्धाहरु बीच भएको लडाईँमा आधारित छ ।

ओम राउतको निर्देशन रहेको फिल्ममा अजयको अलवा काजोल र सैफअली खान पनि मुख्य भूमिकामा छन् ।अजयदेवगन फिल्मस् र टी सिरिज प्रोडक्सनको निर्माण रहेको फिल्मको रिलिज मिति १० जनवरी २०२० का लागि तय भएको छ ।

Comments

अजय फुयाल/नेपाल न्यूज
यलु जोशी/गोरखापत्र
टेकराज थामी/ज्ञानेन्द्र कार्की
निर्दोष घोरसाइने