दुर्गेश भन्छन्ः गाँजा खान प्रोत्साहन गर्ने शब्द अन्जानवस प्रयोग भयो

फाइल तस्बिर

गायक दुर्गेस थापाले आफ्नो गीत विवादित भएपछि क्षमा मागेका छन् । उनको ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीत विवादित भएपछि मंगलबार सामाजिक सञ्जाल मार्फत ‘नोट’ जारी गरी क्षमा मागेका हुन् ।

गीतलाई बिगारेर सामाजिक सहिष्णुता बिगारेको आरोपमा उनी मंगलबार बालाजुबाट पक्राउ पक्राउ परेका थिए । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार दुर्गेशले सो गीत युट्युबबाट हटाउन सहमती जनाएसँगै छाडिएको बताए।

गीतमा प्रतिबन्धित नशालु पदार्थ गाँजा खान उत्प्रेरित/प्रोत्साहन गर्ने शब्द अन्जानवस प्रयोग भएको भन्दै गीत हटाएको दुर्गेशले स्विकार गरेका छन् । उनले आगमी दिनमा त्यस्ता सामाजिक,सांकृतिक सद्धभावमा खलल पुग्ने खालका गीत/म्युजिक भिडियो प्रकाशन/प्रकाशन समेत नगर्ने प्रतिबद्धता जनाएका छन् ।

Comments

अजय फुयाल/नेपाल न्यूज
यलु जोशी/गोरखापत्र
टेकराज थामी/ज्ञानेन्द्र कार्की
निर्दोष घोरसाइने