दीपक मनाङ्गेको बायोपिकमा चलचित्र ‘मनाङ्गे’ बन्ने

फाइल तस्बिर

किरण नेपाली र अमलादेवी राइको निर्माणमा चलचित्र ‘मनाङ्गे’ बन्ने भएको छ । यो चलचित्रका लागि निर्देशकको रुपमा जमन बिष्टलाई अनुवन्धित गरिएको छ । जमन आफैले अहिले कथामा काम गरिरहेका छन् ।

चलचित्र ‘मनाङ्गे’ले दिपक मनाङ्गेको कथालाई प्रस्तुत गर्ने निर्माणपक्षले बताएको छ ।दिपक मनाङ्गेको जीवनमा थुप्रै उतारचढाव छन् । डनदेखि सांसदसम्म भएका दिपकको बायोपिक दर्शकका लागि रोचक हुने निर्माणपक्षको जनाएको छ ।

वि.सं २०७७ सालको चैत्रको अन्तिम साता नयाँ बर्षलाई लक्षित गरेर चलचित्र रिलिज गर्ने निर्माता नेपालीले जानकारी दिए । किरणले निर्माण गरेको चलचित्र ‘पोई पर्यो काले’ कात्तिक ८ गतेबाट रिलिज हुँदैछ ।

Comments

अजय फुयाल/नेपाल न्यूज
यलु जोशी/गोरखापत्र
टेकराज थामी/ज्ञानेन्द्र कार्की
निर्दोष घोरसाइने