गायक दुर्गेश थापा पक्राउ

फाइल तस्बिर

गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ । अपराध महाशाखाको टोलीले मंगलबार थापालाई पक्राउ गरेको पुष्टि गरेको छ ।

तिहार गीत ‘ह्याप्पी तिहार, चिसो वियर’लाई बिगारेर सामाजिक सहिष्णुता बिगारेको आरोपमा थापालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

थापामाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सोमबार उजुरी परेको थियो ।

चाँडै लोकप्रियता पाए पनि यसका केही शब्दहरुलाई लिएर आलोचना भएपछि प्रशासन कार्यालयले यस विषयमा बुझ्न अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार गरेपछि उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

Comments

अजय फुयाल/नेपाल न्यूज
यलु जोशी/गोरखापत्र
टेकराज थामी/ज्ञानेन्द्र कार्की
निर्दोष घोरसाइने