मुस्कानको 'मुस्कान' फर्काउने केडियाको आश्वासन (भिडियो)

खुलेयाम भइरहेको एसिड बिक्रि वितरणमा रोक लगाउन तथा उपचारमा सहयोग जुटाउन समाजसेवी उज्जवल थापा, एसिड प्रहारबाट घाईते मुस्कान खातुनका बुवा रसुल अन्सारी सहितको टोलीले वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियासँग अपिल गरेका छन्।

मुस्कानको अवस्थाको बारे बताउँदै समयमै एसिड विक्रि वितरणमा कडाई अपनाएको भए मुस्कान माथि एसिड प्रहार नहुने थापाले बताए।

पीडित बालिकाको सहयोगमा निरन्तर लागेका सहयोगी थापाले अध्यक्ष केडियासमक्ष मुस्कानको अहिले सामान्य उपचार मात्र भएको भन्दै आगामी २ वर्ष सम्म निरन्तर विशेष उपचार गर्नुपर्ने भएकाले यसका लागि लाखौं रूपैया खर्च हुने अवगत गराए।

वीरगन्ज एक आद्यौगीक नगरी भएकाले औद्यौगीक क्षेत्रबाट केहि सहयोग जुटाई उपचारमा सहयोग पुर्‍याउन उनले अनुरोधसमेत गरे।

साथै समाजसेवी थापाले वीरगन्जलगायत नेपालभरीकै हार्डवेयरलगायत किराना पसलहरुमा भइरहेको खुलेयाम तेजाब बिक्रि वितरणप्रति संघ गम्भीर हुन ध्यानाकर्षण गराए।
उनले सहजै भइरहेको विक्रि वितरण प्रति तत्काल कुनै पहल गर्नसमेत आग्रह गरे।

घटना घटेको दिन दोषिले विर्तास्थित हार्डवेयर पसलबाट सहजै तेजाब खरीद गरेका थिए। यस्तो बेला खरिदको कारण नै नसोधी सहजै तेजाब बिक्रि गर्नाले समाजमा आपराधिक घटना बढेको थापाको भनाई छ।

यस्तो अवस्थामा वीरगंज उद्योग वाणिज्य संघले खुलेयाम रुपमा बिक्रि गर्ने ती पसलको पहिचान गरी समयमै कडा नियमको दायरामा ल्याउन सुझाव दिए।

यता वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष केडियाले आफूहरु यसप्रति गम्भीर रहेको प्रतिकृया दिए।

वीरगंजका लोहारपट्टि र आर्दर्श नगरमा रहेको २ वटा पसल जहाँ बढी तेजाब बिक्रि हुने गर्छ त्यहाँ उमेर तथा खरिदको नियम लागू गरिएको अध्यक्ष केडियाले बताए।

खुला सीमा नाकाका कारण सहजै सीमा पारीबाट खरीद गर्नसक्ने भएकाले यसप्रति विभिन्न चुनौति रहेको उनले जानकारी गराए।

आफूलाई पाएको सुझाव मनन् गर्दै मुस्कान जस्तो घटना अन्य कुनै बालिका अथवा महिलामा नघटोस् जसका लागि तिहार लगत्तै कार्य समितिको बैठक मार्फत यसको रोकथाममा कडाई गर्ने बचन दिए।

मुस्कान वीरगन्जकी चेली मात्र नभएर सम्पूर्ण नेपाली जनता कै छोरी भएकाले पीडितको उपचारको लागि वीरगन्जका औधौगीक घरनाबाट सक्दो सहयोग रकम उपलब्ध गराउने अध्यक्ष केडियाले आश्वासन दिए।

यसको लागि उद्योग वाणिज्य संघका अध्यक्षको जिम्मेवारीले आफैं अगाडि बढेर तिहार लगत्तै रकम संकलन गरी पीडित मुस्कानका अभिभावकलाई हस्तान्तरण गर्ने केडियाले बताए।

यता खुल्लेयाम रूपमा दोषिलाई तेजाब बिक्रि गरेका पसले मनीष प्रसाद मण्डलको नाममा अहिले पर्सा प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेको छ।

पसले मण्डल फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ। बिना स्वीकृति तेजाब तथा रसायनिक पदार्थ बिक्री गरेको आरोपमा उनीमाथि ज्यान सम्बन्धी मुद्दा र एसिड खुल्ला रुपमा बिक्री गरेको मुद्दा दर्ता गरेको छ।

पसले पक्राउ परे कानुन बमोजिम ज्यान सम्बन्धी मुद्दामा १० वर्ष कैद सजाय हुने व्यवस्था रहेको प्रहरीको भनाई छ।

Comments

अजय फुयाल/नेपाल न्यूज
यलु जोशी/गोरखापत्र
टेकराज थामी/ज्ञानेन्द्र कार्की
निर्दोष घोरसाइने