गायक दुर्गेश थापामाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी

फाइल तस्बिर

विवादित तिहार गीत ‘ह्याप्पी तिहार, चिसो वियर’ बोलको गीतलाई लिएर गायक दुर्गेश थापामाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ ।

चाँडै लोकप्रियता पाए पनि यसका केही शब्दहरुलाई लिएर आलोचना भएपछि प्रशासन कार्यालयले यस विषयमा बुझ्न महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार गरेपछि प्रहरीले उनलाई छलफलका लागि बोलाएको हो ।

गीतले तिहार र देउसीको भावनामा ठेस पुर्‍‍याएको भन्दै जिप्रकामा उजुरी परेको माहानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी सहकुलबहादुर थापाले बताए । प्रशासन कार्यालयले उजुरीकर्ताको नाम खुलाएको छैन ।

यसअघि ‘बीच्च बीच्चमा’ बोलको तिज गीतबाट दुर्गेशले लोकप्रियता कमाएका थिए । त्यसपछि उनले ‘छ माया छपक्कै’ मा गाएको प्रवर्द्धनात्मक पनि विवादमा परेको थियो ।

Comments

अजय फुयाल/नेपाल न्यूज
यलु जोशी/गोरखापत्र
टेकराज थामी/ज्ञानेन्द्र कार्की
निर्दोष घोरसाइने