ऋतिक र टाइगरको ‘वार’ले ३ सय करोड कमायो,१७० करोड चलचित्रबाट फाइदा

तस्बिरः एजेन्सी

ऋतिक रोशन र टाइगर श्राफको मुख्य भूमिका रहेको चलचित्र ‘वार’ले ३ सय करोडको आँकडा छोएको छ ।

अक्टुबर २ मा रिलिज भएको चलचित्रको बजेट १५० करोड हो । २० करोड प्रचार खर्च सहित १७० करोडमा तयार भएको चलचित्रले ३ सय १० करोड भारतीय बक्स अफिसबाट कमाउने अनुमान गरिएको छ । चलचित्रले भारतबाट वितरकलाई १४० करोड फिर्ता दिने छ । 

टेलिभिजन र डिजिटल राइट्स १५० करोडमा विक्री भएको चलचित्रको म्यूजिक राइट्स १० करोडमा विक्री भएको थियो । समग्रमा निर्माताले १७० करोड चलचित्रबाट फाइदा लिएका छन् ।

चलचित्रका लागि नायक ऋतिक रोशनले ३० करोड पारिश्रमिक र नाफाको ४० प्रतिशत लिनेगरि सहमती गरेका थिए । यसैले, ऋतिकले चलचित्रबाट ९८ करोड कमाउने भारतीय अनलाइन बलिउड हंगामाले आँकडा तयार पारेको छ ।

Comments

अजय फुयाल/नेपाल न्यूज
यलु जोशी/गोरखापत्र
टेकराज थामी/ज्ञानेन्द्र कार्की
निर्दोष घोरसाइने