'क्रिश-४' को निर्देशन राकेश रोशनले गर्ने

तस्बिरः एजेन्सी

बलिउड सुपर फिल्म 'क्रिश-४' को राकेश रोशनले निर्देशन गर्ने भएका छन्। यसअघि सञ्जय गुप्ताको निर्देशन रहँदै आएको फिल्मको चौथो संस्करणमा छोरा ऋतिक रोशनसँग राकेशले टिमवोर्क गर्न लागेका हुन्।

फिल्मको कथा तथा संवाद लेखनमा भने राकेश र सञ्जयले सहकार्य गरिरहेका छन्। क्रिश-४ को औपचारिक घोषणा फिल्मको स्क्रृप्ट तयार भइसकेपछि मात्र गर्ने राकेशले बताए।

फिल्म निर्माणमा लगानी योजनावद्ध हुनुपर्ने र त्यसका लागि समय लाग्ने उनको तर्क छ। भने,'मलाई पैसा खर्च गर्न माया लाग्छ। जेमा खर्च गर्छ त्यो काम उत्कृष्ट हुनुपर्छ। यही कुरालाई लेखन प्रक्रिया देखि ध्यान दिइराखेको छु।'

सन् २०१९ को सुरुवातमा घाँटीको क्यान्सरको शल्यक्रिया गराएका राकेशमा कामको उर्जा र जोश भने धेरै देखिन्छ।

Comments

अजय फुयाल/नेपाल न्यूज
यलु जोशी/गोरखापत्र
टेकराज थामी/ज्ञानेन्द्र कार्की
निर्दोष घोरसाइने