शाहरुखकी पत्नी उत्कृष्ट डिजाइनर

तस्बिरः एजेन्सी

बलिउड अभिनेता शाहरुख खानका पत्नी गौरी खानले बी डब्लू फ्युचर अफ डिजाइन एन्ड समिट अवार्डको दोस्रो संस्करणमा ‘डिजाइन पर्सन अफ दी इयर २०१९’ जितेकी छिन्।

अवार्ड जितेपछि शाहरुखले पत्नी गौरी खानलाई बधाई दिएका छन् ।शाहरूखले ट्विट गर्दै भनेका छन्, ‘भनाइ छ, लुगाले मान्छे बनाउँदैन, मान्छेले लुगा बनाउँछ । तर सत्य के हो भने जे चिज पनि कसैलाई बनाउँछ भने, त्यो महिलाले नै बनाउँछ । खासमा बाजिगरको जिन्स राम्रो थियो ।’ गौरीले आफ्नो करिअरको सुरुआतमा शाहरुख खानको फेसन डिजाइनरका रूपमा काम गरेकी थिइन् । ‘बाजिगर’ फिल्ममा पनि शाहरुखका लागि उनले नै लुगा तयार पारेकी थिइन् ।

एक सफल इन्टेरियर डिजाइनरका साथसाथै गौरी निर्मातासमेत हुन् । सन् २०१८ मा उनलाई ‘फच्र्युन म्यागेजिन’ले उत्कृष्ट ५० महिलाको सूचीमा सामेल गरेको थियो ।

Comments

अजय फुयाल/नेपाल न्यूज
यलु जोशी/गोरखापत्र
टेकराज थामी/ज्ञानेन्द्र कार्की
निर्दोष घोरसाइने