आमाछोरा मिलेर बाबुको हत्या

सप्तरीमा आमा छोरा मिलेर बाबुको हत्या गरेका छन्। हत्या गर्ने आमा छोरालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका १ पकरी निवासी २३ वर्षीय नहिम पमरिया र उनको ५० बर्षीया आमा जमुनी खातुन रहेको प्रहरीले जनाएको छ।

पारिवारीक बिवादका कारण दुई दिन अघि आइतबार राती मदिराको सुरमा नहिम पमरियाले बुवालाई कुटपिट गर्दा ६२ वर्षीय मोगफुर पमरियाको मृत्यु थियो।

मृत्यु भएपछि मृतकका कान्छा छोरा नहिम र श्रीमती जमुनी खातुन फरार भएका थिए ।

पक्राउ परेका दुबै जना आमाछोराको हत्यामा संलग्नता रहेको गाउँलेहरुले आंशका गरेपछि अनुसन्धानको लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक भारतीले जानकारी दिए।

दिनहुँ मदिरा सेवन गरेर घर आउने नइमले बुवासँग झगडा गरी कुटपिट गर्दा उनको मृत्यु भएको स्थानीयबासीको भनाइ छ।

यता पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय,सप्तरीले जनाएको छ ।रासस

 

Comments

आभास धरानन्द राजोपाध्याय/ नेपालन्यूज