दुई दशकपछि युट्युबमा नेपथ्यको चर्चित गीत ‘लाम्पाते सुरति’

बिएल

 नेपथ्यको चर्चित गीत ‘लाम्पाते सुरति’ अब युट्युबमा उपलब्ध हुने भएको छ। ‘पप संगीत’बाट सुरुभएको ब्याण्ड नेपथ्यलाई ‘लोक रक ब्याण्ड’मा रुपान्तरण गरेको एल्बम ‘रेशम’मा समेटिएको यो गीतका गीतकार सरुभक्त हुन्।

‘रेशम’ एल्बमको शिर्ष गीतको भिडियो उतिबेलै तयार भएर अत्यधिक लोकप्रियता हासिल गरेको थियो। त्यसै एल्बमको यो अर्को चर्चित गीतले भने लगभग दुई दशकपछि भर्खरै मात्र श्रब्यदृश्यमा आउन पाएको छ।

संसारभर ब्याण्डहरुले आफ्ना चलेका गीतहरुलाई ‘लाइभ रेकर्ड’ गरेर श्रव्यदृश्य संस्करण पुनः सार्वजनिक गर्ने प्रचलनअनुसार यो गीतको भिडियो हो। गत वर्ष नेपथ्यले ‘नेपाल टुर’ गर्दाको संग्रहबाटै यो भिडियो तयार पारिएको हो। लाइभ कार्यक्रममा आधारित यस भिडियोले गायक अमृत गुरुङको दर्शकहरुसँग सम्वाद गर्ने मौलिक शैलीलाई पनि समेटेको छ।

Comments

आभास धरानन्द राजोपाध्याय/ नेपालन्यूज