अक्षय र कृतीको जोडी ‘बच्चन पाण्डे’मा पनि

तस्बिरः एजेन्सी

बक्स अफिसमा चलचित्र ‘लुकाछिपी’ हिट भएपछि स्टाइलिस्ट सुन्दरी नायिका कृती सेननको माग ह्वात्तै बढेको छ । उनै सुन्दरीको नयाँ चलचित्र ‘हाउसफुल ४’ पनि तिहारमा रिलिज हुँदैछ । यो चलचित्रमा उनी नायक अक्षय कुमारको जोडी बनेर देखिदैछिन् ।

तर, भारतीय मिडियाका अनुसार कृतीले अक्षयसँग फेरि काम गर्ने पक्का भएको छ । नायक अक्षय कुमार चलचित्र ‘बच्चन पाण्डे’को छायांकन केही दिनमै सुरु गर्दैछन्।

यो चलचित्रको फस्टलुक पनि रिलिज भैसकेको छ । चलचित्रको फस्टलुकमा नायक अक्षय कुमारलाई मात्र स्थान दिइएको थियो । यसैबीच निर्माणपक्षले नायिकाको रुपमा कृती सेननलाई फाइनल गरेको भारतीय मिडियाले लेखेका छन् ।

यो चलचित्र सन् २०२० को क्रिसमसमा रिलिज हुँदैछ ।

Comments

आभास धरानन्द राजोपाध्याय/ नेपालन्यूज