नमुछे आमा दहीमा टीका...

तस्बिरः बिएल

धुन बज्दै सन्नाटा छाउँछ। माहोल शून्य लाग्छ। शुन्यतामा सास फेरेको सुनिन्छ। सियो खसेको आवाज आउँछ। यत्तिकैमा बच्छ 'नमुछे आमा दहीमा टीका नछरे जमरा... दैवले पर्दा  उठायो आमा आउँदिन फर्केर।' अब के होला ? एक फेर अनुमान लगाउनुहोस् । बर्बर आँखु झार्नु बाहेक अरू के नै पो हुन्छ र ?

जब दशैं आउँछ तब अक्सर प्रदेशीले गाउने गीत यही हो । अक्सर आमाले सुन्ने गीत यही हो। अक्सर प्रिया भक्कानिने यसैको धुनमा हो । 

जब गोर्खा भर्ती सुरु भयो त्यो वियोगको पहाड बन्दै गयो । दु:खको हिउँचुली बन्यो । त्योभन्दा अगाडि नेपालीहरुको सम्बन्ध भोटसँग थियो। त्यसेबेला पनि परदेशीका दु:ख-पीर उही हुन् । त्यसैले त देवकोटाले मुनामदन लेखे। 

यी व्यक्त पीडा हुन्। यी बाहेक अव्यक्त पीडाको त समुद्र नै छ। खासगरी नेपाली राज्यले सिर्जना गरिरहेको बेरोजगारीको भेलले आज पनि देशका ६० लाखभन्दा बढी युवाहरु विदेशसम्म पुर्याएको छ। यस्तो अवस्थामा मालिकले विदा नदिदाँ उनीहरू पारिवारिक विछोड सहन बाध्य छन् । त्यसैको प्रतिविम्ब हो, 'नमुछे आमा...।'

विदेशमा पसिना बगाउँदाबगाउँदै, घर, आमा, प्रिया सम्झेर आँसु बगाउँदा बगाउँदै गाइने यो गीत कृष्णभक्त राईले गाएका हुन् ।

यो पनि हेर्नुहोस्- दलितको आँचलले बढारिँदै गहवा माईको आँगन (भिडियोसहित)

वीरगन्जको मुख्य बजारमा रहेको गहवामाई मन्दिर सम्पूर्ण वीरगन्जबासीको मात्र नभई आसपासका जिल्लाको भक्तजनहरुको आस्थाको केन्द्र हुन्। यहाँ बसोबास गर्ने भोजपुरी, मैथिली, थारु, मारवाडि, पञ्जाबी, नेवार, ब्राम्हणलगायत अनेक जातजातिले गहवा माईलाई आफ्नो संस्कृति अनुसार पूजापाठ गर्छन्। यसमा मन्दिर समितिले कुनै रोक नलगाएको पूजारी राधेश्याम प्याकुरेलले बताए। Details

'मखमली फुल्दा मार्सीधान झुल्दा बहिनी आउने छिन्।

दैलाको तस्बिर छातिमा टाँसि आँसु बगाउने छिन्।।

नझारे आमा आँसुका ढिका मुल बाटो हेरेर।

जाँदैन दु:ख आँसुको धारा बरबरि झारेर।।'

गीत सुन्दासुन्दै,  गीतका हरफहरु सम्झिदासम्झिदै जो कोही भावुक बनाउने शब्द चयन भएको यो गीतले दाइ नहुँदा तिहारमा बहिनीले बेहोर्ने पीडाको पनि दुरुस्त चित्रण भएको छ । 

..................

काँडाघारीको खहरेमा ओर्लिएर फोन गरें 'सर म आइसके।' उनले भने, 'एकछिन बस्दै गर्नुस् म छोरालाई लिन पठाइदिन्छु।' मेरो सेतो छडीको डोरीलाई औँलामा बेरेर खेल्दै थिएँ । एकछिन पछि नौलो आवाज सुने उनले परिचय दिदै भने, 'मेरो नाम अखिल राई, कृष्णभक्त राइको जेठो छोरा।'

उनले दाहिने हात समातेर आफ्नो घरतिर लाँदै थिए।  पानी परेकाले बाटोमा हिलो थियो। उनी भन्दै थिए, 'बाबालाई हिडाउँन असजिलो हुन्छ।' 

एकछिन पछि गायक कृष्णभक्त राईको फल्याट आयो । 'सर नमस्कार के गर्दै हुनुहुन्छ?' 'नमस्ते कम्पोज गर्दैछु।'

आधुनिक लोक गायक तथा संगीतकार राईले हालसम्म १६ सयभन्दा बढी संगीतमा आवाज दिएका छन् । 

२०३० सालमा धनकुटाको आहाले-८ दिलुङटारमा जन्मिएका उनी धर्तीमा टेकेको दुई वर्ष लाग्दै गर्दा जण्डिस बिग्रिएर दृष्टिविहीन हुन पुगे। बाल्यकाल सम्झिदै उनी भन्छन्, 'अहिलेको जस्तो त्यतिबेला प्रविधि थिएन । नत्र मेरो आँखा बिग्रदैनथ्यो । विकट क्षेत्रमा जन्मिएका उनका ५ दाजुभाइ र तीन दिदी छन्। 

बा-आमा अशिक्षित भएकाले गर्दा उनले उमेरमै शिक्षा हासिल गर्न पाएनन् । २०४२ सालतिर एकजना दाजुले स्कुलबारे बुझाए। त्यसपछि उनी पूर्वाञ्चल ज्ञानचक्षु धरानमा भर्ना भए। त्यसपछि उनको अध्ययन आरम्भ भयो । 

दशैंको टीका अक्टोबर ७ मा कि ८ मा : कहीँ नभएको जात्रा डल्लासमा ! 

यसमा यहाँका मन्दिरका मूलपुरोहित अक्टोबर ८ भनिरहेका छन् भने अध्यक्ष र पुरोहित अक्टोबर ७ को पक्षमा छन् । त्यसैले त भन्न थालिएको छ- कहीँ नभएको जात्रा डल्लासमा ... त्यो पनि दशैंमा । Details

सानोमा पढ्न नपाएर ढिलोमात्र स्कुल गएका उनको लागि स्कुले जीवन रमाइलो थियो । 'पढ्न लेख्न मात्र नभएर गीत गाउन र स्कुलका विभिन्न अतिरिक्त क्रियाकलापमा भाग लिदा खुब आनन्द आउँथ्यो । स्कुल विदा भएको समयमा घर नजिकको पानी जम्मा भएको ठाउँमा साथीसँग माछा मार्न जान्थे । साँच्चै बाल्यकाल सम्झिरहन मन लाग्दो रहेछ।'  स्कुले जीवन सम्झँदै भन्छन्, 'साथीहरुले माछाले खाने भ्यागुताको बच्चा र गड्यौलाको बच्चालाई बल्छीमा राखिदिन्थे । धागो हल्लियो भने थाहा पाउथेँ, माछा पर्‍यो भनेर । त्यसताकाका साथी निकै सहयोगी थिए । उनीहरुले नै मलाई संसार हेराउने आँखाको काम गरेजस्तो पनि लाग्छ ।' 

सबै उस्तै हुँदैनन् । यो मानव समाजको विशेषता पनि हो । कृष्णभक्त सुनाउँदै थिए- 'कोही त हिड्दैगर्दा बाटोमा ढुंगा र काँडा पनि राखिदिन्थे । तर पनि उनीहरुप्रति कुनै गुनासो छैन । बाल्यकालका तिता-मिठा क्षण छन् र त मिठो सम्झना छ ।'

उनी तीन कक्षा पढ्ने बेलामा बाबा बिते । त्यो उनको जीवनको सबैभन्दा नमिठो पल थियो । त्यसको दुई वर्षपछि आमाले पनि यो संसारबाट विदा लिइन् । उनी झन् दु:खी भए । समयले उनलाई पुरै टुहुरो बनायो। 'आमा नहुँदाको पीडा म शब्दमा व्यक्त गर्न सक्दिन।' उनी भन्छन् ।

पछि उनी दाइसँग बस्दै आएका थिए । जीवनको गति सँधै उस्तै हुँदैन । जीवन तराईको समथर मैदान पनि होइन ।  

यसैबीच २०४७ सालमा रेडियो नेपालमा स्वर परीक्षा दिएका उनको जीवनले पनि विभिन्न चरण पार गर्दै गयो । २०५० सालमा उनी साथीको घर गए । त्यहीँ भेट भयो आशा राईसँग । त्यो जीवनको स्वर्णिम पल थियो । उनीहरुको प्रेम सम्बन्ध स्थापित भयो । प्रेम प्रवाहको त्यो अवधिमा उनीहरु एक-अर्कासँग छुट्टिएर बस्नै नसक्ने भैसकेका थिए । २०५३ सालको वैशाख महिनामा वैवाहिक सम्बन्ध गाँसे । 'समयले धेरैपटक हामीसँग छल गरिसकेको थियो ।' प्रेमिल स्मृतिमा रम्दै भन्छन्, 'बिहेको प्रस्ताव गर्दा पनि उनी(आशा) मसँग जिस्किरहेकी छिन् जस्तो लाग्थ्यो । पछि मात्र पत्यार लाग्यो, मेरो निम्ति पनि कोही रहेछ ।' उनले आशासँग अँध्यारोमा पनि उज्यालोको किरण देखिरहेका हुन्छन् । 

यो त भयो उनको जीवन यात्रा । उनको जीवन यात्राभन्दा कयौं गुणा सुमधुर छ, सांगीतिक यात्रा । सांगीतिक यात्रामा हुँदा उनले पहिलोपटक 'जीवन यात्रा' नामक एल्बम निकाले । 

आधुनिक गीत गाएर बढी चर्चित भएका उनले लोकदोहोरी पनि गाएका छन् । 'घर राम्रो चुनाले,' 'घाम र जुन,' 'रूवाउँछ यो मन आफन्तैले,' 'सुनन प्यारी तिम्रो साथ' जस्ता कालजयी गीत गाएर दर्शक र स्रोताको मनमस्तिस्कमा बस्न सफल छन् उनी । 

यो पनि हेर्नुहोस्- यसपालिको 'आयुद्रोण सूते ....' अक्टोबर ८ मा 

नेपालको आधिकारिक पञ्चाङ निर्णय समितिले तोकेअनुसार दशैंको टीका अक्टोबर ८ मंगलबार नै हो । र, यसको उत्तम साइत विहान ११ बजेर ३५ मिनेट जाँदा नै हो । संसारको जुनसुकै कुनामा पनि यो समय आउने भएकाले त्यही समयमै टीका लगाउनु नै दशैंको सम्मान हो, हाम्रो सनातनको सम्मान हो । Details

गायन क्षेत्रबाट आमदर्शक र स्रोताको मनमस्तिष्कमा बसेका राई गायनकै सिलसिलामा हङकङ, जापानलगायत देशमा घुमिसकेका छन् । २६ प्रकारको बाजा बजाउन सिपालु उनले २०५७ सालमा गाएका थिए 'नमुछे आमा दहीमा टीका....।' यस गीतले उनलाई शिखरमा पुर्‍यायो । सारा नेपालीलाई रुवायो । नेपाली समाजको यथार्थ चित्रण गर्‍यो । त्यसपछि गायक राईलाई नेपाली भूगोलमा मात्र होइन, संसारभरका नेपालीमाझ छाए र छाइरहेका छन् । 

यो गीत गाइसकेपछि एक दिन उनी काठमाडौंको बबरमहलमा छोरासँग खेल्दै बसिरहेका थिए । ठीक त्यति नै बेला रेडियो नेपालबाट बज्यो 'नमुछे आमा.....।'  त्यही गीतले थप अगाडि बढाउनमा अहम् भूमिका खेलेको उनले बीएल नेपालीसँग बताए । 

'हाम्रा पनि केही दशैं त गीत जस्तै भए। आफूसँग पैसा नभएको कारण दशैं कति उराठलाग्दो हुन्थो, त्यो हामीलाई थाहा छ।' उनले भने, 'संगीत क्षेत्र जागीर जस्तो हुँदैन । न त यो क्षेत्र फूल बिछ्याइएको बाटोमा हिड्नु जस्तो सजिलो नै छ । कुनै यस्तो दिन पनि थियो, समयमै घर भाडा तिर्न नसक्दा घरबेटीले विद्युतको लाइन काटिदिएका थिए, कोठामा ताल्चा लगाइदिएका थिए ।' यति भन्दै गर्दा उनलाई विगतले पिरोलेको हुनुपर्छ, फिक्का हाँसे । 

२०५७ देखि हालसम्म हरेक वर्षको दशैंमा आफ्नो गीत सम्झिदा उनी आफ्ना वितेका दशैं पनि सम्झिन्छन् । उनी यो वर्षको दशैं सपरिवार काठमाडौंमा मनाउने योजनामा छन् । 

Comments

आभास धरानन्द राजोपाध्याय/ नेपालन्यूज