ओम अस्पतालमा पत्थरीको अप्रेसन गरेकी महिलाको मृत्यु, आफन्त आन्दोलनमा उत्रिए

चावहिलस्थित ओम अस्पतालमा पत्थरीको अप्रेसन गरेकी एक महिलाको मृत्यु भएको छ ।शुक्रवार (हिजो) दिउँसो हिँडेरै अस्पताल पुगेकी धादिङको गंगाजमुना गाउँपालिकाकी २९ वर्षीया अनिता गुरूङको शनिबार बिहान मृत्यु भएको हो ।

शल्यक्रियापछि गुरूङको अवस्था सामान्य भएको भन्दै वार्डमा सारिएको थियो । चिकित्सकले अवस्था सामान्य भनेको ६ घण्टा वित्न नपाउँदै उनको मृत्यु भएको मृतकका आफन्तले बताए ।

पत्थरीको सफल शल्यक्रिया भएको बताएका चिकित्सकले मुटु चल्न छाडेका कारण गुरुङको मृत्यु भएको जनाएपछि मृतका आफन्त आन्दोलनमा उत्रिएका छन् ।उनीहरुले चिकित्सकले उपचारमा लापरबाही गरेका कारण गुरुङको ज्यान गएको आरोप लगाएका छन् ।ओम अस्पतालमा केही महिना अघि पनि पत्थरी को शल्यक्रिया को क्रममा सिन्धुपाल्चोकी एक महिलाको मृत्यु भएको थियो ।

 

Comments

आभास धरानन्द राजोपाध्याय/ नेपालन्यूज