प्रथम प्रकाश दाहाल स्मृति भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिसलाई

बिएल

प्रथम प्रकाश दाहाल स्मृति कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

नयाँ बसपार्क स्थित ढोरपाटन स्पोर्टस् क्लबको कोर्टमा शनिबार भएको फाइनल खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हरायो । पुलिसले तीनवटै सेट समान २५–२२ ले कब्जा जमाएको थियो ।

उपाधिसँगै पुलिसले पाँच लाख रुपैयाँ पुरस्कार पायो । दोस्रो भएको आर्मीले तीनलाख रुपैयाँ प्राप्त गर्यो । तेस्रो स्थानका लागि भएको खेलमा गण्डकीले एपीएफ क्लबलाई ३–२ को सेटमा हरायो । गण्डकीले एक लाख र चाथf} भएको एपीएफले ५० हजार रुपैयाँ पुरस्कार पायो ।

Comments

आभास धरानन्द राजोपाध्याय/ नेपालन्यूज