दोस्रो विश्व युद्वका ९९ वर्षीय वार भेट्रान: भिसी नपाएको झोकमा पल्टन छोडे (भिडियाे सहित)

तस्बिरः बिएल

गाेर्खा मुद्दा–५

वीरबहादुर पुर्जा, ९९, म्याग्दी जिल्ला पाउदार गाउँका स्थायी बासिन्दा।

८ गोर्खा राईफल, चौथो बटालियन, आर्मी न. ८८५५२।

दोस्रो विश्व युद्वका वार भेट्रान। हाल अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा आफ्ना पूर्वगोर्खा सैनिक छोरा–बुहारी र नातिसँग बस्दै आइरहेका छन्।

हाल उनी कान कम सुन्छन्। आँखा पनि राम्रो देख्दैनन्। खुट्टा दुःख्ने ब्यथाले झन् बढी थलिएका छन्। हिँडडुल गर्न गाह्रो छ।

१८ वर्षको उमेरमा गोर्खा भर्ति भएका वीरबहादुर बर्मामा जापानिज सेनासँग लडे र उनको बहादुरीका लागि बेलायती सरकारले एमसी (मिलिट्री क्रस), एमएम ( मिलिट्री मेडल) र एमआईडी (मेनसन ईन दिसप्याचेस) जस्ता पदक पनि प्रदान गर्‍यो।

दोस्रो युद्वताका ब्रिटिश-इन्डियाको तर्फबाट युद्व लडेका यीनै वार भेट्रानसँग हालै म्याग्दीस्थित उनकै गाउँमा भेट भयो। ४ महिनापछि आउँदो पुसमा शताब्दी पुरूष बन्न लागेका निडर र ह्क्की योद्धासँग गरिएको अन्तरंग कुरा। उनकै शब्दमा।

सानो छँदा गाउँ घरमा अन्य दौतारीको साथै हाँसीखुसी खेल्ने, डुल्ने गरिन्थ्योँ। दाई र दिदीहरुसँग बेला–बेलामा गाई, भेडा, बाख्रा चराउन जान्थेँ। घरमा बाजे,बाबा,आमा,भाई, दाजु, दिदीहरुसँगै एउटै छानामुनि बस्थेँ। हाम्रो ठूलो परिवार थियो।

फकल्यान्ड युद्वमा ५ पाउण्ड भत्ता दिन्छु भनेको बेलायतले १ पाउण्ड मात्र दियोः वार भेट्रान बुद्धिराज राई (भिडियोसहित)

गोठमा १७-१८ भैसी, २५-२६ गाई र ४०-४५ भेडा, बाख्रा थिएँ। गाउँ घरमा प्रशस्तै लाहुरे हुने चलन थियो। आफूलाई पनि लाहुरे हुन मन हुन्थ्यो। (हा हा हा.... हाँस्दै सुनाए।)

गाउँमा सुवेदार गन बहादुरको घरमा रातभरी तरूनीहरुसँग उहिले गीत गाउने गरेको कुरा सुनाएँ।

सन् १९४२ सालको कुरा हो, गीत गाउँने ठाउँमै खिबाङको अमलदार भन्ने गल्ला आएर भर्ति हुन जाने केटा हो भनेर फकाएँ। सन् १९३९ देखि चलेको दोस्रो विश्व युद्व उत्कर्षमा थियो। तर, गाउँलेलाई अत्तोपत्तो थिएन।

कसले लाने र जाने? सोध्दा। उसले मै लान्छु भन्यो।

यतिबेला वीरबहादुरको मन फुरूङ्ग भयो। अहो! ढुंगा खोज्दा देउता मिले जस्तो पो भो।

लाने भए लैजाउ भनेर हामी २ जना कसियाै‌ं। गल्लाले बैना स्वरूप १/१ रुपैयाँ थमायो र अरुसँग नजान सल्लाह दियो। हामी गाउँका १७, १८ केटाहरू भेला पारेर गल्लाले खिबाङतिर लगे।

खिबाङ, घाराम्दीहुँदै लाहुर जाँदा बाटोमा हिस्तानका तरूनीहरूले गीत गाउने भन्दै धन्नै थुनेको। त्यहाँबाट फुत्केर अर्के गाउँमा बास बस्यौं। एक हुल तरूनीले बाटो छेकेँ। त्यही खाना खुवाए र रातभरी गीत गाएर बितायौं। बिहानपख बाटोमा खानाको लागि थुप्रै केराको कोशेली पनि पठाईदिएँ।

त्यसपछि ६-७ दिन लगातार पहाडको उकालो ओरालो छिचोलेर तराईको तेर्सोबाटो हुँदै नौतनुवा (भारत) पुग्याै‌ं। रेल चढेर कुर्नाघाट, गोरखपुर पुगेर होटलमा बास बसाले। बिहान ठूलो मैदानमा लगेर, कपाल काटिदिए, जाँगे लगाईदिए र  छाति नापेर नम्बर लेखिदियो।

एक उपसचिवको कथाः पिएचडीको सर्टिफिकेट बोकेर वृद्धाश्रममा (भिडियो सहित)

हाम्रो लाईनको सबै भर्ती भो, अर्को तिरको सबै फालिए। हाम्रा पुरानो लत्ता कपडा लाहुरे फेल भएकालाई फिर्ता पठाईयो। बाटोभरी खाना खुवाउँदै लगेँ, नयाँ लुगा, फाटा जुत्ता किनेर दिए, क्वेटा (पाकिस्तान) रेलमा पुर्‍याए। एकसरो ६ महिना तालिमपछि सिधै लडाईको मैदान तिर लगेँ।

बंगलादेशको चटगाउँ, बाहुली बजारहुँदै बर्माको घना जंगलतिर पुर्‍याए। बाटोमै दुश्मनसँग जम्काभेट भो, तिनीहरूको लखेट्याईमा परियो। फर्किँदा आपत पर्‍यो, जापानिज सेनाले खेद्यो। केही साथीले हाम फालेर ज्यान गुमाए, म चाहीँ धन्न बाचेँ।

जापानिजसँग खुब भीडन्त भयो। एक जनालाई लात्तीले हानेको सुईकिएछ। युद्वमा बहादुरी कमाएँ - एम एम बहादुर, जंगी नाम र मेन्सन इन दिस्प्याच (धानको बाला) जस्ता तक्मा समेत पाएँ। मिलिट्री क्रस, सबै तक्मा र पैसा घरमा चोरी भयो।

त्यत्रो बहादुरीसँग लडेको त जम्मा ५ रुपैयाँ मात्र दियो। धेरै वर्षसम्म ५ रूपैयाँ जंगी नामको र १० रुपैयाँसहित १५ रुपैयाँ दिन्थ्यो, हवल्दारले त्यसबेला जम्मा ९ रुपैयाँ पाउँथ्यो। त्यो पनि गजे घलेले ४ रुपैयाँ भराईदिएको।

इन्डोनेसियामा लड्दा ठूलो बहादुरी पाउनुपर्ने। तर, जापानिज सेनाले हात उठाइसकेकाले पाइएन। धेरै ठाउँमा युद्व लडियो। तर, बुढा भएकाले कुन-कुन ठाउँमा युद्व लडियो, सबै बिर्सिएँ। 

दक्षिण एसियाकै पहिलो महिला टेम्पो ड्राईभर, जो अहिले मुलुककै सफल व्यवसायी भइन् (भिडियोसहित)

ईरावतीमा दुश्मनको घेरावन्दीमा परेँ। ७ दिन उनीहरुको कम्पनीलाई घेरामा पारे। तोप,फोर्स, हवाईजहाजले आक्रमण गरेर घेरा बन्दी तोडियो। मलाई कर्नेलले भिसी सिफारिस गरे। तर, म रित्तो भएँ। लछुमन गुरूङलाई भने दिएछन्।

जापानिज् सेनासँग खुब लडेँ। गोला बारूद हानेँ। राईफल, ग्रेनेड, टोमी गन, पेस्तोल सबै हतियार चलाएर दुश्मनसँग कैयौं रात दिन लडियोँ। भीडन्तमा अरु पल्टनको धेरै क्षति भयो। धेरै हताहत भए। हाम्रो भने त्यति भएन। बरू सबै दुश्मनलाई पराजित गरेँ। विजय प्राप्त गरेँ।

ब्रिटिश साम्राज्यको लागि ज्यानको बाजी लगाएर लडेँ। खुब बहादुरी साथ युद्वमा होमिएँ। तर, भिसी पाइनँ। रिसको झोकमा नाम काट्न लगाएँ।

सापसँग असन्तुष्टी पोखे– काम गर्ने हनुमान, पगरी पाउने गुना (ढेडुँ)?

के भन्छ? भनेर कर्नेलले खुब सम्झाए। गल्ती नभएकाले मेरो नाम काट्न अस्वीकार गरे। मैले निरास हुँदै कर्नेललाई भने– 'हतियार बिना हातले लडेर सयौं दुश्मनलाई हराएँ। ब्रिटिशको झण्डा हिमालमा पुर्‍याए। मैले के पाएँ?'   

सापले भने– 'तिमी खेलकुद, दगुर्न, परेड, कासन हरेक क्षेत्रमा राम्रो छौं। तिम्रो नाम काट्न मिल्दैन। गल्ती गरे पो काट्दिने?'

'चित्त दु:खे पनि नोकरी गर, भने। बरु र्‍याङ्क बढाईदिन्छु । हवल्दार बनाइदिन्छु भनेर फकाउँदा पनि मन खिन्न हुँदै, भो गर्दिनँ भने। मेरो सार्‍है मन दुःख्यो।

सापले दुई कुरा भन्छु– नोकरी गर्ने कि नाम काट्ने, भोलि सोचेर आउन भने।

रातभरी सोचेँ– नाम काट्ने बाहेक दिमागमा अरु कुरा पट्टक्कै आएन। बिहान सोचेर सापसँग नाम काट्नु भने।

त्यसपछि नाम काटेर साढे ७ वर्ष नोकरीको अन्त्य गर्दै खाली खुट्टा घर फर्किएँ।

मृत्यु शैंयाबाट उठेका बडीबिल्डर सुकदेव कार्की

पदकका लागि लामो समय १५ रुपैयाँ लिन गोरखपुर धाउनुपर्‍यो। अहिले पदकका लागि १५ हजार र वेलफेयर अन्तर्गत ११ हजार पोखरा पेन्सन क्याम्पबाट थाप्दैं आइरहेको छुँ।

सन् १९४८ मा भारत र बेलायतको पल्टन छुट्टियो। ६ पल्टन भारतले राख्यो, मेरो पल्टन भारतमै पर्‍यो। मलाई सेवा सुविधा न भारतले दियो, न बेलायतले। म न घरको रहे, न घाटको। बिचल्लीमा परेँ।

पल्टनमा हुँदा बेलायती, भारतीय र हामी गोर्खा सेना एकै थालमा खायाै‌ं। सँगै लड्याै‌। एउटैं काम गरियो। तर, गोरा सेनाले तलब बढी खान्थे। भत्ता पनि। हामीलाई तलब पनि थोरै। भत्ता छँदै थिएन।  

भारत स्वतन्त्र हुँदा, नम्बर पनि बदलिएन। लालबुक पाइएन्। युके पनि जान पाइएन। सेवा सुविधा पनि पाइएन।

जतिबेला हक पाउनुपर्ने हो पाइएन्। अब त उमेरले नेटो काटिसक्यो। केही आशा पनि छैन। च्याँख पनि मर्‍यो।

सेनामा मेरो कुरा चल्ने भएको भए– सबै फौजको तलब–भत्ता बढाई दिन्थे, गजे घलेले गरे जस्तै।

मनग्यै पैसा कमाएको भए, छोरा छोरीलाई राम्रोसँग पढाउँथेँ। परिवारलाई गाँसबास कपासको राम्रो प्रबन्ध गर्थेँ। गाउँमा दु:ख पाएर कहाँ बस्थेँ र?

युद्वमा बहादुरी साथ लडेँ। पल्टनको नाम राखेँ। केही त दिनुपर्ने हो। तर, केही दिएनन्।

दोस्रो विश्व युद्व सन् १९३९ देखि १९४५ सम्म चल्यो। करिब २ लाख ५० हजार गोर्खालीले यसमा भाग लिए। जसमा करिब ५० हजार नेपालीको ज्यान गयो। तर, म जस्ता थुप्रै गोर्खालीमाथि बेलायत सरकारले अन्याय गर्‍यो।

Comments

आभास धरानन्द राजोपाध्याय/ नेपालन्यूज