इतिहास उत्खनन गर्ने कलाकारको प्रदर्शनी

रानीपोखरी उद्घाटनको क्षण।

काठमाडौं– नेपालको प्राचीन इतिहास र नेवार संस्कृति झल्काउने चित्रहरुको प्रदर्शनी काठमाडौंको नेपाल आर्ट काउन्सिलमा चलिरहेको छ । प्रख्यात कलाकार हरि प्रसाद शर्माले बनाएका ४५ वटा चित्र त्यहाँ राखिएका छन् ।

भदौ २० गतेदेखि चालु प्रदर्शनीमा कलाकारले इतिहासका महत्वपूर्ण घटना चित्रण गरेका छन् । जस्तो कि रानीपोखरी उद्घाटनको क्षण, राजा पृथ्वीनारायणले काठमाडौंमा आक्रमण गरेको दृश्य, कलाकार अरनिको चीन प्रस्थान गर्दाको क्षण, सम्राट अशोकले लुम्बिनीमा अशोक स्तम्भ ठड्याएको दृश्य आदि ।

इतिहास र संस्कृतिमा रुची राख्नेहरुका लागि प्रदर्शनी उपयोगी छ । शर्माले ०५९ देखि बनाएका चित्र प्रदर्शनीमा राखिएका हुन् । प्रदर्शनी असोज ९ गतेसम्म चल्नेछ। उनी ८२ वर्षका भए । उनको दीर्घायूको कामना ।

कलाकार हरि प्रसाद शर्मा

चीन जान लागेका अरनिकोलाई विदाई गर्दै।

 

राजा प्रताप मल्लको रंगीन साझ

भक्तपुर

जयप्रकाश मल्ल र तलेजु भवानी

इन्द्रजात्राका दिन कान्तिपुर आक्रमण गर्दै पृथ्वीनारायण शाह

पृथ्वीनारायण शाहको दिव्योपदेश

बेलायती प्रेमिकासँग जंगबहादुर

काठमाडौं उपत्यका

राणा सरकारको चाकरी गर्दै स्थानीय

बौद्धनाथ

बागमति नदिमा नुहाउँदै

बागमति नदि

दरबार छाड्नुअघि राजकुमार सिद्धार्थ गौतम

प्रताम मल्लको दरबारमा होली खेल्दै

 

प्रताप मल्ल र तलेजु भवानी

बाणाको ज्यासल

ब्यापारीहरूको तिब्बत यात्रा

नङ काटिदिदै।

जैशीदेवल

झारफुक गर्दै गुभाजु

शवयात्रा

पञ्चेबाजा

साढे जुधाँई

बख्खु भैरव जात्रा

मूर्तिकारका तीन पुस्ता

लुम्बिनीको अशोक स्तम्भमा घोडा राख्दै

चागुँनारायण मन्दिरमा मानदेवले गरूण स्तम्भ राखेपछि

Comments

आभास धरानन्द राजोपाध्याय/ नेपालन्यूज