विज्ञापन कर्मबाट जनसेवा श्री पुरस्कार पाउने पहिलो व्यक्ति अभय

फाइल तस्बिर

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा ६ सय ३४ जनालाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छिन् ।विभिन्न पेशाकर्मी, व्यवसायी, कर्मचारी र सुरक्षाकर्मीलाई पनि विभूषित गरिने घोषणा गरिएको छ । यसपटक विज्ञापन कर्मबाट जनसेवा श्री पुरस्कार पाउने पहिलो व्यक्ति हुन्, अभय पाण्डे । उनी स्वतन्त्र विज्ञापन निर्माता हुन् । १५ वर्षदेखि अभय विज्ञापन कर्ममा सक्रिय छन् ।

नेपाल सरकारको सिफारिशअनुसार यो सूचीमा उनि बाहेक सुप्रबल जनसेवाश्री (प्रथम) श्रेणीबाट डा. दिव्यासिंह शाह, दिवङ्गत पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा तथा पाँच विदेशी प्राध्यापकलाई विभूषित गरिनेछ ।

विज्ञापन कर्मबाट जनसेवा श्री पुरस्कार पाउने अभय पाण्डे अष्ट्रेलियाको सिड्नीमा रहेको युनिभर्सिटी अफ टेक्नोलोजि ( युटियस)बाट म्यानेजमेन्ट्मा मास्टर्स गरेका छन् ।उनि विज्ञापन ब्यवसायीक संस्था र राज्य दुबैको ’वाक स्वतन्त्रता’ हो भन्ने मान्यताको पक्षधर मानिने गरिन्छ ।

बिभिन्न मिडियाबाट आफ्नो यस मान्यताको पक्षमा वकालत गर्ने गरेका उनले १०० भन्दा बढी विज्ञापन फिल्म निर्माण गरिसकेका छन् । पाण्डे नेपाल विज्ञापन संघद्वारा आयोजना गरिने नेपालको एक मात्र विज्ञापन अवार्ड प्रतियोगीता कृति अवार्ड ६ पटकसम्म जितिसकेका छन् । त्यति मात्रै होइन उनी यो अवार्ड प्रतियोगितामा २० पटकसम्म मनोनित भएका छन्।

उनी व्यक्तिगत रुपमा दुबै संख्या हालसम्म कृति अवार्डमा मनोनयनामा पर्ने किर्तिमानी व्यक्ति हुन् । त्यति मात्रै होइन उनले भारतको मुम्बईमा आयोजना हुने मेरिट अवार्ड समेत  जितेका छन् ।

सन् २००४ मा विज्ञापन क्षेत्रमा प्रबेशसंगै नेपाली विज्ञापनलाई सुचना प्रधानबाट भावना प्रधान बनाउन लागि परेको उनले टेलिकम , बैंक , पत्रिका , शिक्षाण संस्था आदीको विज्ञापनमा पहिलो पटक 'सम्बेग' को प्रवेश गराएका थिए ।

सन २००८ मा नेपाल समाचारपत्रको ‘न मधेसी न हिमाली न पहाडी ’ शीर्षकको विज्ञापनमार्फत पहिलो पटक व्यावसायिक क्षेत्रमा समावेशी विज्ञापनको प्रवेश गराएका थिए। विज्ञापनमा आधारित नेपालको पहिलो बृत्तचित्रको लेखन तथा निर्देशनसमेत उनले गरेका छन् ।

उनले पछिलो पटक सन् २०१५ एभिन्यूज टि.भीको सौजन्यमा बिनाशकारी भुकम्प गए लगतै आफ्नै स्रोत साधन जुटाइ ’ म के दिन सक्छु ? ’ शिर्षक युक्त भिडियो सन्देशको निर्माण गरे। हालसम्म यहि क्षेत्रमा रहेका उनी समाजमा विज्ञापन पेशालाई सम्मान र नेपाली विज्ञापनको गुणस्तर बढाउने उदेश्यले बेला बखतमा बिभिन्न पत्रिका ,म्यागजिन , एवंम अनलाइनमा लेख प्रकाशन गर्ने गरेका छन् ।

 

 

Comments

रामकृष्ण अधिकारी
गनी अन्सारी/ बीबीसी न्यूज नेपाली
नारायण अर्याल / लोकान्तर
सन्तोष न्यौपाने /नेपालन्यूज