प्रतिबन्धित औषधि बिक्री गर्ने क्लिनिक सञ्चालक पक्राउ

बिएल

कैलालीको लम्कीचुहा नगरपालिका–४ बलियाबाट प्रतिबन्धित औषधि बिक्री गर्ने एक जना क्लिनिक सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लक्ष्मी स्वास्थ्य क्लिनिकका सञ्चालक ३२ वर्षीय मेसककुमार चौधरी रहेका छन् । चौधरीलाई ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले लागूऔषध र प्रतिबन्धीत औषधी सहित शुक्रबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए ।

चौधरीले ६ प्रकारका प्रतिबन्धित औषधि बिक्री गरेको पाइएको उनले बताए ।

 

Comments

आभास धरानन्द राजोपाध्याय/ नेपालन्यूज