कोशिश र अञ्जली अधिकारीको रोमान्स रहेको फिल्म ‘माया पिरिम’को फष्टलुक सार्वजनिक

बिएल

अभिनेता कोशिश क्षेत्री र अभिनेत्री अञ्जली अधिकारीको रोमान्स रहेको फिल्म ‘माया पिरिम’को फष्टलुक सार्वजनिक भएको छ ।

प्रेमकथामा बनेको फिल्मका निर्देशक टेक पौरखी राई हुन् ।कोशिश क्षेत्री, सलोन बस्नेत, किरण चन्द, अन्जली अधिकारी, अर्जुन गुरुङ, कालु राना, जयनन्द लामा, अरुणा कार्की, अनुपमा भण्डारी, विशाल पहाडी, टेक पौरखी राई, सागर बस्नेत लगायत कलाकारको फिल्ममा अभिनय समेटिएको छ ।

 प्रविण थापा र सविन अधिकारीको निर्माण, सागर बस्नेत र कोषराज दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा सहनिर्माताको रुपमा मोहन मरासैनी र युवराज दाहाल रहेका छन् ।

निरज कँडेलको छायाँकन, जीवन थापाको सम्पादन, श्री श्रेष्ठको द्वन्द, कोशिश क्षेत्रीको संगीत, शिशिर खातीको कोरियोग्राफी फिल्ममा छ ।यो फिल्म आगामी मंसिर २० गतेबाट प्रदर्शनमा आउनेछ।

Comments

आभास धरानन्द राजोपाध्याय/ नेपालन्यूज