प्रथम नायिका भूवन चन्ददेखि लोकगायक बद्री पंगेनीलाई समेत पदक

नेपाल सरकारले संविधान दिवसको अवसर पारेर चलचित्र तथा कला क्षेत्रका केही कलाकार र संगीतकर्मीहरुलाई पनि विभुषित गरिने भएको छ ।

नेपाली चलचित्र क्षेत्रकी प्रथम नायिका भूवन चन्द र गायक रामकृष्ण दुवाललाई पनि ‘सुप्रबल जनसेवा श्री तृतिय श्रेणी’बाट बिभुषित गरिने भएको हो ।त्यस्तैगायक स्वर्गिय खुशिराम पाख्रिनलाई ‘सुप्रबल जनसेवा श्री तृतिय श्रेणी’बाट विभुषित गरिने भएको छ ।

लोकगायक बद्री पंगेनीलाई ‘किर्तिमय राष्ट्रदिप चतुर्थ श्रेणी’बाट सरकारले विभुषित गर्ने भएको हो । यस्तै, ‘प्रबल जनसेवा श्री चतुर्थ श्रेणी’बाट संचारकर्मी तथा निर्देशक दिनेश डीसी, कलाकार धर्मराज गुरुङ, गायक धिरज राई, नायक निखिल उप्रेती, गायक नारायण ओली, नायिका स्वेता खड्का, संगीतकार शान्तीराम राई, सुरेश अधिकारी र कलाकार बसुन्धरा भुषाललाई विभुषित गरिने भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शित्तल निवासमा आयोजना हुने कार्यक्रममा कलाकारहरुलाई विभुषित गर्नेछिन् ।

Comments

रामकृष्ण अधिकारी
गनी अन्सारी/ बीबीसी न्यूज नेपाली
नारायण अर्याल / लोकान्तर
सन्तोष न्यौपाने /नेपालन्यूज