आजीवन कलाकारितामा हुनेलाई राज्यले हेरोस्

तस्बिरः बिएल

‘तपाईंको स्वर साह्रै राम्रो छ,' 'म तपाईंको फ्यान हो नि।' 'पहिलो-पहिले अटोग्राफ प्लीज।' 'आजभोलि एक सेल्फी प्लिज' भन्दै केही दर्शक वा श्रोता आउँछ भने ती गायकका ठूला सम्पत्ति हुन्।

मन फुरूङ्गै बनाउने यी आत्मीय बोली। बाटो, दोबाटो, कार्यक्रमस्थल, स्टुडियो आदि ठाउँबाट डेरा फर्किँदै गर्दा छाति धक्क फुलेको हुन्छ। नाक ठूलो हुन्छ।

तर जब डेरामा पुगिन्छ तब जिन्दगी निरस लाग्न थाल्छ। न पेट भरि खाने खाना हुन्छ न मनमा सन्तोष। बा-आमाको (छोरा/छोरी) ठूलो मान्छे बनोस्, धनी बनोस्, जागिर खाओस्, गन्नेमान्ने होस्, भन्ने सपना पूरा गर्न नसकेकोमा आत्मग्लानी उस्तै हुन्छ।

दालभातको टन्टा साफ नहुन्जेल जिन्दगीको एक छाके संघर्ष चलिरहन्छ। साघुँरोकोठामा अटेसमटेस गर्दै, घरबेटीको खप्कि खाँदै भएपनि फराकिलो सपना सझाएर अनगिन्तीकोशिस भइरहेका हुन्छन्। यस्तै चलिरहेको थियो गायक हेमन्त शर्माको सुरूवाती जिन्दगी। 

२०५२/०५३ साल तिर उनीसहित चार जना एउटै कोठामा अटेसमटेस अवस्थामा बस्थे। आर्थिक अभाव कस्तो हुन्छ त्यहीबेला थाहा पाए। मन्दीले रसातलमा पुगेको देशभन्दा दर्दनाक अवस्थामा गुज्रिए दिनहरू। त्यसबेला उनी जम्मा महिनाको ३६०० कमाउँथे।

हिन्दीमा 'ए जिन्दगी, क्या जिन्दगी..' भनेजस्तो समय गुजारेका गायक शर्मा नेपाली सांगीतिक क्षेत्रका अब्बल हस्ती हुन्।

उनले झण्डै दुई दशक लामो अवघि  सदावाहार गीत गाए। यस अवधिमा उनले यस्ता गीत गाए जसले दर्शक, श्रोताको मनमनमा बस्न सफल भए।

एक उपसचिवको कथाः पिएचडीको सर्टिफिकेट बोकेर वृद्धाश्रममा (भिडियो सहित)

न त जाब सुन ह माया, न ह छापावाल।

एकै तला पाउनपनि कस्त महा जाल....।।

माया साह्रै महंगो.......।

यो गीतलाई यति रुचाइयो कि, सारा श्रोताको जिब्रोमा झुन्डिरह्यो। हेमन्त शर्मालाई नचिन्नेले चिने, नसुन्नेले सुने।

'मूल हौ भने-रसाइदेउ...,' 'जाले रूमाल....' जस्ता सदावाहार गीतमा स्वर भरेका शर्माले यो वर्ष लोक गीत गाए। यसबाट उनको चर्चा झनै चुलिएको छ।

निधारमा टक्क टिकि, लाली अलि कम् छ।

हाम्रो जस्तो राम्रो जोडी, रू कस्को जम्छ?

बनमारा...। बनमारा....।

‘मेरो छोरीले मैले झै शरीर बेच्न नपरोस्’ (भिडियो सहित)

 

संगीत आफ्नो जीवन मान्ने शर्मा यो गीत गाउँदा निकै खुसी छन्। फेरिपनि दर्शक, श्रोताको मन मस्तिस्कमा बस्न सफल भएका छन्।

लोक दोहोरी गायिका विष्णु माझीसँग गाएको यो गीतले उनको मन चंगा बनाएको छ। उनी साह्रै खुसी छन्। ‘अरू गीत गाउँदा जति आनन्द अनुभूति हुन्थ्यो। यो गीतमा आवाज दिइरहँदा मलाई त्यति नै आनन्दानुभूति भइरहेको छ,' उनले बिएल नेपाली सेवासँग भने, ‘दर्शक र श्रोताको इच्छा परिवर्तनशील हुन्छ। उहाँहरूले मागेको स्वाद दिनु हामी कलाकारहरुको धर्म हो।'

संसारमा केहीपनि स्थिर छैन। सबै परिवर्तनीय छ। शर्माले त्यसैलाई पछ्याए।

हजार हण्डर खाएरपनि नडगमगाइकन निरन्तर सांगीतिक क्षेत्रमा कम्मर कसेर लागेका शर्माले २०४६ सालमा एसएलसी गरेका थिए। उनका बुबा सरकारी जागिरे थिए। सरूवा ठाउँठाउँमा भैरहन्थ्यो। बाबा जहाँजहाँ जान्छन् त्यतै जानुपर्ने। सरूवासँगै स्कुलपनि फेरिने भएकाले उनले स्कुल फेरि फेरि पढ्नुपरेको थियो।

वातावरण फेरिँदा मन फेरिन सक्ने सम्भावना उत्तिकै थियो। पढाइमा मन नहुने, साथीहरूसँग घुलमिल हुँदा असजिलो हुने आदि चुनौती थिए। तर उनले त्यसलाई अवसरमा बदले। जहाँ जहाँ गए त्यहाँ त्यहाँ गीत गाइदिए। त्यसले उनलाई चर्चित बनायो। घुलमिल हुन सहज भयो।

सानैदेखि गीत गाउन सिपालु उनी सांगीतिक क्षेत्रमा होमिन काठमाडौं आए। सपनाको सहर काठमाडौंमा टिक्न उति सजिलो थिएन। रहर गरेर सहरमा बास हुनेवाला थिएन। उनले गासबासको लागि प्राइभेट कम्पनीमा काम गर्न सुरु गरे। न्यून पारिश्रमिकमा धेरै काम गरेका उनलाई कुनै पछुतो छैन। ‘अगाडि बढ्नसुरूसुरूमा सबैलाई दु:ख हुन्छ। मलाई पनि त्यस्तै भएको थियो,’ झमक घिमिरेलाई स्मरण गर्दै भन्छन्, ‘हामीले सँधै अरूको संघर्ष हेरेर अघि बढ्नुपर्छ।’

उनले केही असाहय बालबालिकालाई सहयोग पनि गर्ने गरेका छन्। उनीहरुसँग रमाउँदै गीत गाउन मन पराउने शर्माले हालसम्म सयौं गीत गाइसकेका छन्। आफ्नै जीवन भोगाइलाई पनि गीत बनाउने उनी भन्छन्, ‘प्राय गीतहरुमा मेरो प्रतिबिम्ब लुकेको छ।’

किन जान्छन् डान्सबार र मसाजमा पुरूषहरू?

सङ्ख्यात्मक रुपमा कम गाएका भएपनि उनका गीत गुणनात्मक छन्। उनका गीत मौलिक छन्। उनले आजीवन संगीतमा लागिरहने बिएल नेपालीलाई बताए।

व्यक्ति भन्दा पनि क्षमतालाई कदर गर्ने हेमन्त शर्मालाई ठ्याक्कै यस्तै गीत गाउँछु र बन्छु भन्ने पटक्कै थिएन । उनले आफ्नो कर्म गर्दै गए । अहिले पनि उनी आफ्नो कर्म गर्न नै रुचाउँछन् । महोत्सव र स्टेज कार्यक्रममा उतिकै व्यस्त छन् ।

विगत दुई दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा योगदान दिएका उनी यसै सिलसिलामा विभिन्न देशहरुमा घुमिसकेका छन्। एकहप्ताअघि मलेसियाबाट फर्किएका उनी दसैंमा जापान जाने तयारी गरिरहेका छन्।

उनी जतिबेला सांगीतिक क्षेत्रमा आए त्यसबेला स्वर सबैभन्दा प्रमुख थियो। साह्रै मिठो स्वर हुनेमात्र गायक हुन पाउँथ्यो। आज प्रविधिमा तिब्र गतिमा विकास भइरहेको छ।

शर्माले हिजो भन्दा आज निकै सजिलो भएको महसुस गरेका छन्। ‘आज प्रविधिले घर-घरमा कलाकार उत्पादन गरेको छ। समयले स्वाद पनि फरक माग्न थालेको छ,’जिब्रोमा शब्द तौलिएर मिठो शैलीमा उनी भन्छन्, 'माया गर्छु भन्नेले माया देखाइदेउ.., भन्ने लेबलको गीत अहिले गाएको भए दर्शक/श्रोताले सायद मन पराउँदैनथे होला। त्यसैले दर्शकले खोजेकै सृजना दिनु पर्छ।'

गायिका खीमा रोकामगरलाई विकृतिको चिन्ता!

लामो सांगीतिक यात्रामा सयर गर्दा थुप्रै आरोह, अवरोहको सामना गर्नुपर्‍यो। तरपनि अबिचलित नभइ लागिरहे। समयको मागलाई मध्यनजर गर्दै अघि बढे। परिणाम उनी आफ्ना सदावाहार गीत झैं अघि बढ्न सकेका छन्।

सादा जीवन मन पराउने उनलाई तडकभडक मन पर्दैन। हाल उनी सुरूवाती दिनभन्दा नीकै व्यवस्थित छन्। उनले साँघुरो कोठामा देखेको फराकिलो सपना सायद पुरा गरेका छन्। श्रीमती र दुई बच्चासँगै  काठमाडौंमा बस्दै आएका उनले बिबिएससम्म पढेका छन्।

अहिलेको संगीत क्षेत्रमा आएको व्यापक फेरवदलप्रति 'समयको मागसँगै परिस्थिति मात्र परिवर्तन भएको उनको तर्क छ। ‘शब्दहरूले छोए भने, जस्तो गीतपनि गाउन सकिन्छ। बनमाराले बनै खायो..., ए...! माया मन मार्‍यो मनमाया भन्ने गीतमा भएका जस्ता शब्दहरुले मलाई छोयो भने, आउँदा दिनहरुमा पनि यस्ता गीत गाउन सकिन्छ।’

गीतको परिभाषालाई छोटकरीमा भन्छन्, 'मानिसको सुखदु:खलाई मिठो लय हालेर गुन्गुनाउनु नै गीत हो। हरेक गीतमा लबज फरक हुन्छ।'

झण्डै दुई घण्टाको बसाइमा मैले उनको विषयमा थोरै भएपनि जान्ने अवसर पाए। उनको सग्लो जीवन पढ्न त्यति समयले पुग्दैन। तर, यति चाहिँ भन्न सकिन्छ 'अविचलित यात्रामा सयर गर्नुछ भने हामीले शर्मालाई सम्झिनुपर्छ। धैर्यताको पाठ पनि उनैबाट सिक्नुपर्छ।'

दक्षिण एसियाकै पहिलो महिला टेम्पो ड्राईभर, जो अहिले मुलुककै सफल व्यवसायी भइन् (भिडियोसहित)

परिवार र दर्शक अनि शुभचिन्तकको सम्बन्धलाई न्यानोपनामा संगालेर राख्न सिपालु उनी कुनै राप र तापमा परिएला कि भनेर चिन्तित हुँदैनन्।

हाल सांगीतिक क्षेत्रमा कलाकारहरु केही संयोगले टिकिरहेका छन् त केही जबर्जस्त जमिरहेका छन्। शर्मा भने सदावाहार छन्। त्यसैले नै होला मन्त्रमुग्ध बनाउने स्वरका धनी उनी आजीवन गीत गाइरहने बताउँछन्।

सांगीतिक क्षेत्रमा अनवरत संघर्ष गरिरहेका शर्माको कसैसँग गुनासो छैन। बस यत्ति भन्न चाहन्छन् कलाकारले पनि देशको लागि काम गरेका छन्। आजीवन यसै क्षेत्रमा रहेकाहरुलाई राज्यले हेरोस्।

Comments

आभास धरानन्द राजोपाध्याय/ नेपालन्यूज