'भद्रगोल'को पुरानो टिमले ल्यायो नयाँ हाँस्य टेलिश्रृंखला 'सक्किगोनी'

तस्बिरः बिएल

हाँस्य टेलिश्रृंखला 'भद्रगोल' बाट छुट्टिएका कलाकारको टोलीले 'सक्किगोनी' नामक नयाँ हाँस्य श्रृंखला ल्याउने भएको छ।

मिडियाहबसँगको विवादका कारण ‘भद्रगोल’बाट अलग्गिएका कुमार कट्टेल (जिग्री), अर्जुन घिमे ‘पाँडे’ सहितका कलाकारहरुले ‘सक्किगोनि’ नामको नयाँ टेलिसिरियल ल्याउन लागेका हुन् ।

'आफूले जन्माएको हुर्काएको एउटा सिर्जना इतिहास बन्दै गर्दा आफु भित्रको नसकिएको कलाकारिताको अर्को सिर्जना सक्किगोनी जन्मिएको छ,' कुमार कट्टेल (जिग्री)ले भनेका छन्।

साथै उनले कलाकारिताको यात्रामा माया गर्ने सम्पूर्णलाई धन्यवाद समेत दिएका छन्। यस अघि 'भद्रगोल'का दुई निर्देशक कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडे लगायत २० जनाको टोलीले पारिश्रमिक र कपीराइट विवाद चुलिएपछि मिडिया हबले निर्माण गर्दै आएको भद्रगोल छोडेका थिए।

टेलिश्रृंखलामा कुमार कट्टेल 'जिग्री', अर्जुन घिमिरे 'पाँडे', सागर लम्साल 'बले', गोविन्द कोइराला 'जइन्ते', हरि निरौला 'कक्रोज', रक्षा श्रेष्ठ, दिपक आचार्यलगायतका कलाकारको अभिनय रहनेछ। सक्किगोनी यहि असोज २ गतेदेखि नेपाल टेलिभिजन र युट्यूवमा प्रसारण हुने भएको छ।

Comments

नयाँ पत्रिका
काठमाडौं प्रेस
महेश क्षितिज
राजेन्द्र पराजुली