भारतबाट नेपाल भित्रिन थाल्याे नक्कली खुकुरी चुराेट

बिएल
नेपालमा कुनै बेला निकै चर्चा कमाएकाे खुकुरी चुराेटकाे नक्कली काराेवार भारतमा हुने गरेकाे रहस्य खुलेकाे छ। भारतमा खुकुरीकाे नाममा नक्कली चुराेट उत्पादन हुने गरेकाे र साेही नक्कली चुराेट नेपालमा आयात हुन थालेकाे पनि सार्वजनिक भएकाे छ। 
 
माेरङकाे सीमावर्ती क्षेत्र र‌ंगेली नाकाबाट मंगलबार अबैध रुपमा प्रवेश गराउँदै गर्दा प्रहरीले पत्ता लगाएकाे हाे। खुकुरी चुराेटकाे हुबहु बट्टामा चुराेट प्याक गरी राजस्वकाे स्टिकर पनि नलगाएकाे अवस्थामा प्रहरीले पक्राउ गरेकाे थियाे। 
 
रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालले यस्ता चुराेट नेपाल भित्र्याएर रंगेली, दर्वेशा, कर्सिया, अमरदह, आमबाडीलगायतका स्थानमा बिक्री वितरण गर्ने गरेकाे बताए।  भारतबाट अबैध रुपमा भन्सार छलेर नेपाल भित्र्याउनेे नाकाहरु रंगेलीकाे चाेप्राह,कर्सिया,नाेचा,डाईनिया,सिक्टि रहेकाे छ। 

Comments

नयाँ पत्रिका
काठमाडौं प्रेस
महेश क्षितिज
राजेन्द्र पराजुली