नेपाल, भारत,चीन एक्स्पो (नाइस) को आयोजना हुने (भिडियोसहित)

प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा) नेपाल च्याप्टरले भ्रमण वर्ष २०२० लाई लक्षित गरी नेपाल, भारत,चीन एक्स्पो (नाइस) को आयोजना गर्ने भएको छ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दे नेपाल भ्रमण वर्ष २०२० को अवसरमा पाटा नेपाल च्याप्टरले भ्रमण वर्ष २०२० सचिवालय र नेपाल पर्यटन बोर्डको समन्वय तथा सहकार्यमा आगामी २१ तारिदेखि २४ फेब्रुअरी २०२० सम्म नेपाल, भारत,चीन एक्स्पो (नाइस) को आयोजना गर्न लागिएको जानकारी दिएको हो।

नेपाल पर्यटन बोर्डका अनुसार सन २०१८ को तथ्याङ्क अनुसार चीनबाट वार्षिक १ सय ५० मिलियन पर्यटकले विश्व भ्रमण गर्ने गरेकोमा जम्मा ० दशमलव १ प्रतिशतले र २५ दशमलव ८५ मिलियन भारतीय आउटबाउण्ड पर्यटहरु मध्ये ० दशमलव ७५ प्रतिशतले मात्र नेपाल भ्रमण गरेको जनाइएको छ। पत्रकार सम्मेलनमा भ्रमण वर्ष २०२० का कार्यक्रम संयोजक सुरज वैद्यले नेपालीले नेपाल राम्रो छ भनेर प्रचार नगरेसम्म विदेशी पर्यटक नेपाल नआउने भन्दै नेपालीले नै नेपालको प्रचारप्रसार गर्न जरुरी रहेको बताए।

दुई छिमेकी मुलुकको पर्यटक आगमनको सम्भावना अनुरुप नेपालले अपेक्षित लाभ दिन नसकेको उल्लेख गर्दै उक्त नाइस कार्यक्रम आयोजनागर्न लागेको पाटाले जनाएको छ। तीन देश बीचको सम्बन्ध थप प्रगाढ बनाउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास लिएको प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा) नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले जानकारी दिए।

नाइस कार्यक्रमले नेपाल सरकारले लिएको भ्रमण वर्ष २०२० को लक्ष्य प्राप्ति तथा सन २०३० सम्ममा ५० लाख पर्यटक ल्याउने लक्ष्य प्राप्तिको लागि महत्वपूर्ण आधारशिला तयार पार्ने अपेक्षा गरेकोे अध्यक्ष शाक्यको भनाई छ। उक्त ऐतिहासिक एक्स्पोमा २ सय भन्दा बढी क्रेताहरु, १ सय विक्तेताहरु, चीन र भारतका ५० जना बढी सञ्चारकर्मी, विज्ञ वक्ताहरु लगायत पर्यटनसँग सम्वद्ध स्थानीय संघसस्था, सरकारी निकाय, तथा सरोकारवाला सहभागी हुने अपेक्षा रहेको जनाइएको छ।

Comments

नयाँ पत्रिका
काठमाडौं प्रेस
महेश क्षितिज
राजेन्द्र पराजुली