पुर्चौडीमा दुई महीनादेखि सडक अवरुद्ध


बैतडीको पुर्चौडी नगरपालिकाअन्तर्गतका शाखा सडक गएको दुई महीनायता अवरुद्ध रहेका छन्।

वर्षात्का कारण अवरुद्ध बनेका सडक अझै सञ्चालन हुन सकेका छैनन्।

नेपालीहरुको मुख्य चाड विजयादशमी नजिकिँदै जाँदासमेत स्थानीय सरकारले अवरुद्ध ती सडक पुनःसञ्चालन गर्न कुनै पहल नगरेको स्थानीय बासिन्दाको आरोप छ।

ढोल्यामोडदेखि पुर्चौडीको मुख्यबजार हाटसम्म नियमितरूपमा यातायात सञ्चालनमा रहे पनि शाखा सडक अवरुद्ध रहेको स्थानीय अनिरुद्र जोशीले जानकारी दिए।

हाट–साँफेबजार, हाट–नकाली, हाट–भूमिराज, हाट–मल्लादेही जोड्ने सडक र कुवाकोट–भटना सडक वर्षात्का कारण अवरुद्ध भएका हुन्। शाखा सडक अवरुद्ध हुँदा स्थानीय बासिन्दालाई आवतजावत गर्नसमेत समस्या हुने गरेको छ।

पुर्चौडी नगरपालिकाले अवरुद्ध रहेका शाखा सडक दशैँपछि मात्रै सञ्चालन हुने जनाएको छ।

 

Comments

नयाँ पत्रिका
काठमाडौं प्रेस
महेश क्षितिज
राजेन्द्र पराजुली