एप्पलले सार्वजनिक गर्‍यो आइफोन ११ सिरिज

तस्बिरः एजेन्सी

मोबाइल उत्पादक कम्पनी एप्पलले आइफोन ११ सिरिजका नयाँ मोडल सार्वजनिक गरेको छ। स्टिब जब्स् थिएटरमा आयोजित विशेष समारोहमा कम्पनीले एप्पल वाच सिरिज र सातौं जेनेरेशन आइप्याड पनि सार्वजनिक गरिएको गरेको हो।

नयाँ प्रडक्टमा एप्पलले फराकिलो डिस्प्ले भएको आइप्याड ल्याएको छ। १० दशमलव २ इञ्चको रेटिना डिस्प्ले पनि आइप्याडमा रहेको छ।

नयाँ आइप्याडमा स्मार्ट कनेक्टर पनि समावेश छ। आइप्याड ओएसमा धेरै नयाँ फिचर्स उपलब्ध रहेका छन्। होम स्क्रिन पनि पूरै परिवर्तन गरिएको छ।

एप्पल पेन्सिलमा पनि नयाँ फिचर्स उपलब्ध गराइएको छ। जसका कारण आइप्याडको प्रयोगमा सहज भएको छ।

Comments

नयाँ पत्रिका
काठमाडौं प्रेस
महेश क्षितिज
राजेन्द्र पराजुली