टानको अध्यक्षमा खुमबहादुर विजयी

तस्बिरः बिएल

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को अध्यक्षमा खुमबहादुर सुवेदी विजयी भएका छन्।

नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा वामपन्थी समूहका अञ्जान थापा (कुमार) लाई ८३ मतले पछि पार्दै प्रजातान्त्रिक समूहका सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचन समितिका अनुसार सुवेदीले ५२१ र थापाले ४३८ मत पाएका छन् ।

लामो समय देखि पर्यटन क्षेत्रमा क्रियाशिल त्यसमा पनि अझ सन् २००० देखि नै टानमा आवद्ध उनी सन् २००७–२००९ को कार्यससमितमा सदस्यका रूपमा कार्यरत थिए।

सन् २००९ देखि २०११ को कार्यसमितिमा कोषाध्यक्ष र अहिले सन् २०१७–२०१९ को कार्यसमितिमा बरिष्ठ उपाध्यक्षको रुपमा कार्यरत छन्। उनले उम्देद्वारी दिँदै आफ्नो लक्ष्य भनेको दुई वर्ष पर्यटन व्यवसायीहरुको हकहितका लागि काम गर्ने भएको बताएका छन्।

सुवेदी र थापाले प्यानलसहित उम्मेदवारी दिएका थिए । महासचिव पदमा थापा समूहकी सरिता लामा विजयी भएकी छन् । उनले निकटम प्रतिद्वन्द्वी कर्मा शेर्पालाई १३ मतले पराजित गरिन् ।

नयाँ कार्य समितिको अन्य पदमा दुवै समूहका मिश्रित प्रतिनिधित्व भएको छ।

यस्तै बरिष्ठ उपाध्यक्षमा नविन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्र बहादुर कार्की, द्धितीय उपाध्यक्षमा भरत सापकोटा, सचिवमा दामोदर ढकाल, कोषाध्यक्षमा  ऋतु ग्याम्दान, सहकोषाध्यक्षमा सुर्यकुमार श्रेष्ठ निर्वाचित भएका छन्।

कार्यसमिति सदस्यमा थापा समूहका पाँच जना र सुवेदी समूहका चार जना निर्वाचित भएका छन् ।

निर्वाचित सदस्यहरूमा ठाकुर सापकोट, प्रेम बहादुर लामा, मिङमातेन्जिङ शेर्पा, रामबहादुर गुरुङ, सनम शेर्पा, कान्छा शेर्पा, सिम्बर घले, सोनाम ग्याल्जेन शेर्पा , ङिमादिकी शेर्पा विजयी भएको टान निर्वाचन समितिले जनाएको छ ।

एक हजार ३१९ मतदाता रहेको टान निर्वाचनमा जम्मा ९८१ मत खसेको थियो ।

Comments

इन्द्रसरा खड्का
सविता शर्मा/गोरखापत्र