राजधानीमा गौराको रौनक तस्बिरहरू

काठमाडौंमा बस्दै आएका

सुदुरपश्चिम प्रदेशलगाएतका क्षेत्रमा मनाईने गौरापर्व काठमाडौं उपत्यकामा पनि विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाइएको छ।

शुक्रबार टुँडिखेलमा काठमाडौंमा बस्दै आएका त्यस क्षेत्रका बासिन्दाहरुले  गौरापर्व मनाएका हुन् । भाद्र शुक्ल अष्टमीका दिन मनाइने गौरा पर्वलाई यो क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रुपमा मान्ने गरेका छन् ।

गौरा पर्वको मुख्य आकर्षण देउडा हो। देउडामा पौराणिक कथा, देवीदेवताका गाथा तथा सामाजिक विकृतिविरुद्ध व्यङ्ग गर्ने चलन छ । एकताको पर्वका रुपमा लिइने गौरा पर्वमा देउडा गीतका माध्यमबाट दुःख र माया साटासाट गर्ने चलन पनि छ। गौरा पर्वलाई खासगरी डोटी, डडेल्धुरा, दार्चुला र बैतडीवासीहरुले दशैंभन्दा पनि महत्वपूर्ण पर्वको रुपमा मनाउने गर्छन् ।

भाद्र कृष्ण पञ्चमीको दिन सुरु भएको गौरा पर्वमा अष्टमीको दिने विवाहित महिलाहरुले ब्रत बसेर गौरा देवीको पूजाआजा गर्ने चलन छ ।

सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जङ्गल, जमीन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा यो पर्व मनाउन शुरू किम्वदन्ती छ।

सुरू भयो, सुदूरपश्चिमको सबैभन्दा ठूलो चाड ‘गौंरा पर्व’ (भिडियो स्टोरीसहित)

Comments

नयाँ पत्रिका
काठमाडौं प्रेस
महेश क्षितिज
राजेन्द्र पराजुली