रवि लामिछानेलाई प्रहरी हिरासतमै भेटेर महानिरीक्षक खनालले भने- हिरासत सुरक्षित ठाउँ हो

तस्बिरः बिएल

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई भेटेका छन्। शुक्रबार चितवन जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेलाई खनालले भेटेका हुन्।

जिल्ला प्रहरी कार्यालय चितवन लगाएतका कार्यालयहरुको निरीक्षणमा निस्कीएका महानिरीक्षक खनालले प्रहरी हिरासतमा रहेका लामिछानेलाई भेटेका हुन्।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चितवन प्रहरी नियन्त्रणमा रहेका लामिछाने र युवराज कँडेललाई भेट गरी कानुनी प्रक्रियामा सहयोग गर्न आग्रह समेत गरेका छन्। यस्तै खनालले लामिछाने र कँडेलद्वयलाई हिरासत सुरक्षित ठाउँ भएको स्मरण गराए। ‘प्रहरी हिरासत जति सुरक्षित अन्त कतै हुँदैन, पक्राउ पूर्जी जारी गरेरै नियन्त्रणमा लिएको हो। अन्यथा सोच्नुपर्दैन,’ खनालले रविलाई सम्झाए।

यसअघि लामिछानेले आफू प्रहरी हिरासतमै असुरक्षित रहेको भन्दै आपत्ती जनाएका थिए।

 उनले भ्रमणको क्रममा प्रहरी कार्यालय, हिरासत कक्षको निरीक्षण पनि गरेका थिए।

चितवनको प्रहरी कार्यालय भ्रमणपछि प्रहरी महानिरीक्षक खनालले नवलपरासीमा रहेको जिल्ला प्रहरी कार्यालयको पनि भ्रमण गरेको प्रहरीका सह-प्रवक्ता उमेशराज जोशीले जानकारी दिए।

 

Comments

नयाँ पत्रिका
काठमाडौं प्रेस
महेश क्षितिज
राजेन्द्र पराजुली