श्रीमतीलाई बलात्कार गरेको अभियोगमा श्रीमान् पक्राउ

आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले भक्तपुरबाट एक जनालाई पक्राउ गरेको छ ।
भक्तपुरकी एम महिलाले आफू बिरामी हुँदा श्रीमान्ले बलात्कार गरेको जाहेरी दिएपछि प
प्रहरीले ती श्रीमानलाई पक्राउ गरेको हो।
रामेछाप घर भई हाल चाँगुनारायण नगरपालिका–८ जीतपुर बस्दै आएका ३० वर्षीय श्रीमान्ले २६ वर्षीया श्रीमतीलाई बलात्कार गरेको जाहेरी आएपछि श्रीमान्लाई पक्राउ गरिएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

प्रहरीका अनुसार १० वर्षअघि विवाह भएको यो दम्पतीको आठ वर्षको एक छोरा रहेको छ। प्रहरीले थापाथलीस्थित प्रसूतिगृहमा श्रीमतीको स्वास्थ्य परीक्षण गरिएको र श्रीमान्को आज स्वास्थ्य परीक्षण गरी अदालत पेश गर्ने र थप अनुसन्धान गर्ने प्रवक्ता पोखरेलले जानकारी दिए।

Comments

राजेन्द्र पराजुली