अमेरिकामा बलात्कारीलाई मृत्युदण्ड !

अमेरिकामा यस वर्ष मात्र १२ जनालाई मृत्युदण्ड दिइसकिएको छ । बुधबार टेक्सासका ४८ वर्षीय ल्यारी स्वेरिनजेनलाई मृत्युदण्ड दिएपछि यो संख्या १२ पुगेको हो ।

उनलाई सन् २००० मा १९ वर्षीया छात्रा मेलिसा ट्रटरलाई बलात्कार गरी हत्या गरेको आरोप लागेको थियो । 

ल्यारीले अन्तिम समयसम्म पनि आफू निर्दोष रहेको दाबी गरे पनि अमेरिकी सर्वोच्च अदालतले उनको कुरा सुनेन । बुधबार मात्र उनलाई दोषी ठहर गर्दै मृत्युदण्ड दिने खन्तिम फैसला सुनाएको थियो । 

टेक्सासको हन्ट्सभिल कारागारमा रहेकका अभियुक्त ल्यारीलाई घातक सुई लगाएर मृत्युदण्ड दिइएको त्यहाँको जेल प्रशासनले बताएको छ । 

यस वर्ष टेक्सास राज्यमा मात्र चार जनालाई मृत्युदण्ड दिइसकिएको छ । अन्य ८ जना भने अमेरिकाका दक्षिणी राज्यहरु टेनेसी, अलाबामा, जर्जिया र फ्लोरिडाको भएको बताइएको छ । 

Comments

राजेन्द्र पराजुली