ट्रम्पले डेनमार्कसँग पनि खराब गरे सम्बन्ध : भ्रमण नै रद्द

अमेरिकी राष्ट्रपति ट्रम्पले भने डेनिस प्रधानमन्त्री मेटे फ्रेडिक्सनलाई  'खराब' नेता । तस्बिर : एजेन्सी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले डेनमार्कसँगको सम्वन्ध पनि खराब गरेका छन् । उनले चर्चामा ल्याएको ग्रीनल्याण्ड किन्ने कुरालाई डेनिस प्रधानमन्त्री मेटे फ्रेडिक्सनले हाँस्यास्पद भनेपछि सम्बन्ध खराव हुन सुरू भएको हो ।

अहिले त सम्बन्ध यति खराब भैसकेको छ कि सेप्टेम्बर २ देखि गर्ने भनिएको डेनमार्कको राजकीय भ्रमण नै राष्ट्रपति ट्रम्पले रद्द गरिदिएका छन् । उनी डेनमार्ककी रानी मार्ग्रेटा द्वितीयको निम्तामा डेनमार्कको भ्रमणमा जान लागेका थिए ।

डेनमार्कको स्वशासित भूभाग ग्रिनल्याण्ड किन्ने कुरा चर्चामा आएपछि डेनिस प्रधानमन्त्रीले ट्रम्पको त्यो प्रस्ताव अस्विकार गरेकी थिइन् । त्यसबाट रिसाएका अमेरिकी राष्ट्रपति ट्रम्पले भ्रमणलाई रद्द गरिदिए । 

उनको यो निर्णयलाई डेनिस प्रधानमन्त्रीले 'रूखो' ढंगबाट आफ्नो देशको राजकिय भ्रमण रद्द गरेकोमा 'दु:ख लागेको' प्रतिकृया दिएकी थिइन् । 

त्यसको जवाफमा राष्ट्रपति ट्रम्पले मेटे फ्रेडिक्सनको निन्दा गर्दै उनलाई 'खराब' नेता भनेका छन् ।

ह्वाइटहाउसको बगौंचामा बोल्दै ट्रम्पले फ्रेडिक्सनमाथि यसरी रोश पोखे- 'त्यो हास्यास्पद सोच हो भन्ने प्रधानमन्त्रीको भनाई खराब हो । उनले त्यसलाई अस्विकार गरेको भए हुन्थ्यो । उनी मसँग बोलिरहेकी छैनन्, उनी अमेरिकासँग बोलिरहेकी छन। अमेरिकासँग त्यसरी बोलिंदैन, कम्तिमा मेरो नेतृत्वमा ।'

यसैबीच डेनिस प्रधानमन्त्री मेटे फ्रेडिक्सनले भ्रमणको निम्ता अझै खुला रहेको बताउँदै पाहुनाको स्वागत गर्न तयार रहेको बताइन् । 

Comments

राजेन्द्र पराजुली