अमेरिकामा एक नेपाली युवतीले गरिन् आत्महत्या

अलविदा सुनिता : कहाँको जन्म, कहाँको मरण । तस्बिर : सामाजिक सञ्जाल

अमेरिकाको सानफ्रानसिस्को बे एरियामा एक नेपाली युवतीले आत्महत्या गरेकी छन्। आत्महत्या गर्ने २७ वर्षीय सुनिता लिम्बु भएको प्रहरीले जनाएको छ। उनी बुधबार आफ्नै कोठाको पंखामा झुण्डिएर आत्महत्या गरेकी हुन्।

घटनास्थलमा सुसाइड नोट भेटिए पनि त्यसको विस्तृत विवरण प्रहरीले दिन चाहेन। उनको शव बुधबार दिउँसो नै पोष्टमार्टमका लागि अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।

बुवा, आमा र परिवारका अन्य सदस्यसँगै सानफ्रानसिस्को डाउनटाउन नजिकै बस्तै आएका उनका श्रीमान् भने बेलायतमा बस्दै आएका छन्।

एक सन्तानकी आमा उनी सानफ्रानसिस्को एक नेपाली रेष्टुरेन्टमा काम गर्दै आएकी थिइन्।

पछिल्लो दुई वर्षयता सानफ्रानसिस्को बे एरियामा मात्र ५ जना नेपाली युवा/युवतीले आत्महत्या गरिसकेका छन्। 

Comments

राजेन्द्र पराजुली