पाकिस्तानी क्रिकेटर हसन अलीले गरे भारतीय केटीसँग विवाह

Agency

पाकिस्तानी क्रिकेटर हसन अलीले मंगलबार भारतीय केटीसँग विवाह गरेका छन्। दुबईमा उनले भारतमा एरोनोटिकल इन्जिनियरिङ गरेकी सामिया आरजुसँग विवाह गरे। विवाह ‘एटलान्टिस, द पाम’ होटलमा निजी समारोहका बीच भएको थियो।

विवाहमा ३० जना पारिवारिक सदस्य र साथीहरू समावेश थिए। जसमा शादाव खानको पनि उपस्थिति थियो। २५ वर्षीय हसनभन्दा सामिया एक वर्ष जेठी छिन्। उनी इमिरेट्स एयरलाइन्समा काम गर्छिन् भने उनको परिवार नयाँ दिल्लीमा बस्दै आइरहेका छन्। खासमा सामियाको घर हरियाणा हो।

याे पनि पढ्नुहाेस।

 पहिलो भिआईपी महिला स्कटर: प्रधानमन्त्री गिरिजादेखि राष्ट्रपति विद्या भण्डारीसम्म (भिडियोसहित)

हसन भारतीय केटी विवाह गर्ने पाकिस्तानका चौथो क्रिकेटर हुन्। यसअघि जाहिर अब्बास, मोहसिन खान र सोहेब मलिकले पनि भारतीय केटी विवाह गरेका थिए। अलीले पाकिस्तानबाट ९ टेस्ट र ५३ एकदिवसीय खेलेका छन्। उनी २०१७ मा च्याम्पियन्स ट्रफी जित्ने पाकिस्तानी विजेता टोलीका सदस्य हुन्।

याे पनि हेर्नुहाेस।

सुरू भयो, सुदूरपश्चिमको सबैभन्दा ठूलो चाड ‘गौंरा पर्व’ (भिडियो स्टोरीसहित)

रविपत्नी निकिताको उजुरी नै भएन दर्ता : हात लाग्यो निराशा

श्रीशान्तको अजीवन प्रतिबन्धको मुद्धामा पुनरावलोकन, अघिल्लो वर्ष मैदानमा उत्रिने

Comments

राजेन्द्र पराजुली