अब बच्चा नजन्मिदै कि त कांग्रेस हुन्छन् कि नेकपा !

अति राजनीतिकरण : यसबाट के शिक्षा पाउँछन हाम्रो भावी पिढीले ?
प्रश्न : कहाँ जान लागेकाे ? 
उत्तर : स्कुल ।
प्रश्न : तिम्राे स्कुल याे हाेइन र ? किन माथितिर जान लागेकाे ?
उत्तर : याे हाम्राे स्कुल हाेइन । याे त एमालेकाे स्कुल हाे । हाम्राे स्कुल माथि छ ।

छाेराकाे याे उत्तरसँगै आमाले केही वाक्य थपिन् 'हामी मजदुर(नेमकिपा)काे स्कुल हप्र (माथि) छ । याे एमालेकाे स्कुल हाे । न्या पढेपछि हाम्म छाेराछाेरीकन फइल(फेल) गद्दिन्छुन् । त्यै भएर माथि जान्छन्, यिनीहरु।'
****

याे दृश्य काल्पनिक हाेइन । पाँच वर्षअघि सिञ्जा गाउँपालिका वडा नं ६, तत्कालिन शनिगाउँ गाविसकाे भाडगाउँमा देखिएकाे यथार्थ दृश्य हाे । लामाे समयदेखि जाेडु र भाडगाउँकाे वनकाे विषयमा झगडा थियाे । यसले बेलाबेलामा अरु विषयमा पनि टकराव गराइरहन्थ्याे । दुई गाउँकाे स्कुल एउटै थियाे, 'प्रावि जाेडु ।' स्कुलकाे नाम फेरेर 'जाेडु-भाडगाउँ प्रावि' राख्न भाडगाउँले प्रस्ताव गरेकाे थियाे । सहमति गरेर निर्णय मन्त्रालय पठाइएको भएपनि नाम फेरिएकाे थिएन ।

द्वन्द्वकालमा डिएफआइडीले भाडगाउँमा एउटा नयाँ विद्यालय भवन बनायाे । पछि भाडगाउँले त्यसैलाई आफ्नाे नजिककाे पायक पर्ने विद्यालयकाे रुपमा लियाे । जाेडुसँगकाे जाेडी खाेज्ने मेसाे पनि मिल्यो । त्यही बीचमा जिल्ला शिक्षा कार्यालयबाट भाडगाउँकाे विद्यालयमा लगानी भयाे । त्यसबेला शिक्षा कार्यालयमा एमाले समर्थक कर्मचारी बढी थिए भने भाडगाउँमा एमाले कार्यकर्ता ।

शिक्षा कार्यालयकाे आड पाएपछि लामाे समय अघि वनकाे विषयमा भएकाे दुई गाउँकाे झगडाले राजनीतिक रुप लियाे । राजनीति घुसेपछि झगडा गाउँगाउँकाे नभएर पार्टीपार्टीको भयाे । त्यसपछि गाउँले चलाउँदै आएकाे अर्म-पर्म, अैंचाे-पैंचाे, बिहेबारी, सबैमा राजनीति पस्याे । पानी बारारबराकाे स्थिति बन्याे । यतिसम्म कि फरक पार्टी समर्थककाे घरमा बिहे गरेकी छाेरी माइत आउन समेत गाह्राे भयाे । यसकाे प्रभाव सबैभन्दा बढी स्कुलमै प-याे । एमाले र नेमकिपाकाे बाहुल्यता रहेका ती दुई गाउँका दुई स्कुलमा भाडगाउँकाे स्कुल एमाले र जाेडुकाे स्कुल नेमकिपाकाे भनी चनियाे । त्यसपछि जाेडुका एमाले कार्यकर्ताका छाेराछाेरी भाडगाउँकाे स्कुलमा अनि भाडगाउँका नेमकिपा कार्यकर्ताका छाेराछाेरी जाेडुमा पढ्न जानैपर्ने बाध्यात्मक परिस्थिति आइलाग्याे ।

स्कुल आ-आफ्ना पार्टीका, विद्यार्थी र शिक्षक समेत आ-आफ्ना पार्टीका बनाउन दुबै पार्टीका जिल्ला स्तरका शिक्षक नेताहरु समेत सक्रिय रहे । दुई मिनेटमा पुगिने स्कुल छाेडेर २५ मिनेटकाे उकालाेमा गर्ह्राैं भारी बाेकेर हिड्नु परेकाे थियाे, विद्यार्थीले ।

जाेडुकाे विद्यालय मावि भएकाे पनि धेरै भैसक्याे । भाडगाउँकाे विद्यालयमा आधारभूत तहकाे पढाइ हुन्छ । निमावि तहकाे पढाइ सकाउने विद्यार्थीहरु मावि पढ्न २५ मिनेट हिडेर जाेडु जान छाेडी डेड घण्टाकाे बाटाे हिडेर फुँग्र पुग्छन् ।
****

साेही गाविसकाे गाेराँ गाउँमा, त्यस्तै १० मिनेटको दुरीमा दुईवटा स्कुल छन् । कालिका निमावि र मन प्रावि । यी दुई स्कुलकाे कथा अलि फरक भएपनि परिणाम उस्तै हाे । ३०३२ सालमा स्थापना भएकाे कालिका प्राविमा २०६६ सालसम्म पनि ठकुरी बाहेक अरु व्यवस्थापन समितिकाे अध्यक्ष हुन नपाएपछि त्यहाँका रावल, रावत र दलितहरु मिलेर विद्राेह गरे । परिणाम अर्काे स्कुलकाे जन्म भयाे, मन प्रावि । कालिका निमाविमा मास्टरदेखि विद्यार्थीसम्म ठकुरी छन् भने मन प्राविमा ती बाहेक सबै ।
****

यी समस्या गाउँमा मात्र हैन, सदरमुकाममा पनि छन् । सरकारी स्कुलमा मात्र हैन, निजीमा पनि छन् । फलानाे स्कुल एमालेकाे, फलनाे माओवादीकाे र फलानाे कांग्रेसकाे भनी प्रष्टै चिनिने मात्र हाेइन, प्रचार गर्ने र आफ्ना पार्टी कार्यकर्ताका छाेराछाेरी सकेसम्म आफ्नै स्कुलमा पढाउन लगाउने भैरहेकाे छ ।

स्कुलमा एमाले, कांग्रेस, माओवादी वा नेमकिपाकाे मात्र हाेइन पार्टीका गुटसम्मकाे प्रभाव छ । मानाैं कुनै स्कुल एमालेकाे छ भने त्याे एमालेकाे भनेर मात्र चिनिएकाे छैन, त्यसमा 'नेपाल' वा 'ओली' गुट मध्ये फालानाेकाे सम्म भन्ने गरिन्छ ।

यिनै चाङमा थपिएकाे अर्काे विद्यालय हाे हिमा गाउँपालिका -५ रुपाकाेट आधारभूत विद्यालय, बाँझागाड । विद्यालय भवन निर्माणका लागि विनियोजित रकम परिचालनमा विवाद चुलिँदा जुम्लामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र कांग्रेसले विद्यार्थीसहित नै स्कुल फुटाएर दुई ठाउँमा सञ्चालन गरेका छन् । एउटा विद्यालय हाल आएर दुई भएकाे छ । एउटा कांग्रेसकाे विद्यालय, अर्काे नेकपाकाे ।

विद्यार्थी कित्ताकाटमा परेका छन् । विद्यालयमा रहेका एक सय ८६ विद्यार्थीमध्ये ९१ नेकपाका र ९५ कांग्रेसका छन् । भवन फरक छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पनि कांग्रेस र नेकपाका अलगअलग छन् । तर, शिक्षकहरु साझा छन् । उनीहरुलाई दुबैतिर नपढाई सुखै छैन । हेडमास्टर्नीलाई हैरान छ ।

आव २०७३/०७४ मा जिल्ला शिक्षा कार्यालयले विद्यालय भवन निर्माणका १९ लाख बजेट विनियाेजन गरेकाे थियाे । यसरी बजेट आउने भएपछि भवन निर्माणकाे लागि उपभोक्ता समिति गठन भएको थियो । उपभोक्ता समितिको नेतृत्वमा तत्कालीन एमालेनिकट थिए । शिक्षा विकास तथा समन्वय एकाई जुम्लाका अनुसार स्कुल उपभोक्ता समितिले नयाँ भवनका लागि जग्गा नमिलेपछि अर्काे ठाउँमा जग्गा व्यवस्थापन ग-याे । जिशिकाले बजेट निकासा विद्यालय व्यवस्थापन समितिले परिचालन गर्ने गरी विद्यालयको खातामा  ग-याे । व्यवस्थापन समितिको नेतृत्वमा कांग्रेस निकट व्यक्ति थिए । बजेट निकासा विद्यालयकाे नाममा भएपछि उपभाेक्ता समितिले आपत्ति जनायाे ।

स्थानीय तहको निर्वाचनमा पछि हेमा गाउँपालिकामा माओवादी निकट प्रतिनिधि निर्वाचित भए । पछि एमाले र माओवादी मिलेर नेकपा भयाे । गाउँपालिकाले आर्थिक वर्ष ०७५/७६ मा फेरि नयाँ भवन निर्माणका लागि २९ लाख विनियोजन ग-यो । पछिल्लाे रकम भने उपभोक्ता समितिकाे खातामा आयाे । उपभोक्ता समितिको अध्यक्ष नेकपानिकट थिए । यो बजेटले नेकपा पक्षधरले विद्यालयको पुरानै भवन भएको ठाउँमा नयाँ भवन बनायो । यसले विवाद झन् ठुलाे भयाे । विद्यालयमा भुसकाे आगाे त्यहीँबाट लागेकाे थियाे ।

यसरी शृंखलाबद्ध रुपमा विद्यालयमा भएकाे राजनीतिका कारण एकपछि अर्काे गरी सतहमा आइरहेका घटनाक्रमले विगत केलाउन भनिरहेका छन् । हामीले पञ्चायती व्यवस्था फालेर नयाँ व्यवस्था ल्याएका हाैं । पञ्चायत हामीले नचाहेर फालेकाे हाे । राजतन्त्र ठीक नभएर फालेकाे हाे । तर, हामी अनुकुल नभएका पञ्चायत र राजतन्त्रले हाम्रा लागि एउटा ठुलाे गुन लगाएर गएका छन् । त्याे हाे जुम्लाका प्रत्येक गाउँमा कम्तिमा एउटा प्राथमिक विद्यालय । ती स्कुल खाेल्नमा गाउँलेहरुकाे पनि ठुलाे भूमिका छ ।

यति ठुलाे भुमिका कि हामी त्यसलाई वर्णन गर्नै सक्दैनौं । त्यसबेलाका गाउँलेहरुले विद्यालय भनेकाे भव्य संरचना हुनुपर्छ भन्ने ठाने । गाउँकै 'ए वान' विद्यालय हुनपर्ने माने । त्यसैले विद्यालय संरचना गाउँकै सबै भन्दा उत्कृष्ट बनाए । गाउँमा सबैका घर कच्चि, माटाेका छाना भएका, चुहिने हुँदा पनि विद्यालयकाे छानाे टिनकाे हाले । त्यसबेला गाउँमा कसैका घर विद्यालय भन्दा राम्रा थिएनन् । सदरमुकाम काेसाैं टाढा भएपनि बाेकेर गाउँलेहरुले स्कुलका छाना टिनले छाए । जग्गा हुनेले जग्गा दान गरे, नहुनेले श्रम दान । विद्यालयबाट कसैले नाफाकाे आश गरेन । सबैकाे मेल थियाे । विद्यालयले ज्ञानकाे दैलाे उघारेकाे थियाे । बेमेलमा पनि मेल खाेज्ने उदेश्य राखेकाे थियाे । तर आज सब उल्टाे भएकाे छ । विभाजनका बडेमान खाडल सिर्जना गरिएका छन् । अदृश्य रुपमा बर्लिन पर्खाल खडा गरिएकाे छ ।

दोस्रो विश्वयुद्धको अन्त्यमा सोभियत सेनाले अधिनमा लिएको जर्मनीको पुर्वी भागलाई अक्टोबर १९४९ मा जनवादी गणतन्त्र जर्मनी बनायो र रुसी मोडलको समाजवादी शासन स्थापना ग-याे भने पश्चिम जर्मनीमा अमेरिका, बेलायत र फ्रान्सले आफ्नाे माेडेलकाे पुजीवादी प्रजातान्त्रिक शासन स्थापना गरे । पुर्वी जर्मनको तुलनामा पश्चिम जर्मनीको विकासको बेग तीव्र थियो । याे देखेर पुर्वी जर्मनहरुकाे पश्चिमतिरकाे आकर्षण बढीरहेकाे थियाे । समाजवादी शासन सुरु भएकाे चार वर्षमा झण्डै १० लाख पुर्वी जर्मनहरू पश्चिमतर्फ भागे । आठ वर्षमा झन्डै ३५ लाख मानिस पूर्वी जर्मनीबाट भागेर पश्चिम जर्मनी पुगे । आफ्ना जनतालाई रोक्न सोभियत संघको सहयोगमा पूर्व जर्मन सरकारले सन् १९६१ मा रातारात बर्लिन पर्खाल बनायो । २८ वर्षसम्म यो पर्खालले बर्लिन सहरलाई विभाजन ग-यो । यो अवधिमा पर्खाल नाघेर पश्चिम बर्लिन जान खोज्ने झन्डै एक हजार मानिस मारिए । हजारौँ पक्राउ परे ।

समाजवादीहरुले यसलाई फाँसीवादविरुद्धको सुरक्षा कवच भने, पश्चिमले लाजको पर्खाल नाम दियो । अन्तत: सन् १९९० को अक्टुबर ३ का दिन दुवै देशबीच एकीकरण भएको घोषणा गरियो । आज एकीकरणकाे ३० वर्ष पुगिसकेको छ । याे अवधिमा पनि न पूर्वी भागमा बस्नेहरुले आफूहरु एकै देशका नागरिक हौँ भन्ने सोच्न सके, न त पश्चिमीहरुले उनीहरुलाई सगोत्री सम्झेर आत्मसात् गर्नै सकेका छन् ।

हामीलाई पनि गाउँमा राजनीतिक पार्टीले यसरी नै बाँडेका छन् । कुनै अमुक दलकाे भक्त बन्न बाध्य तुल्याएका छन् । दलप्रति बफादार हनु सिकाएका छन् । हाम्राे स्वतन्त्र चिन्तन, आलोचनात्मक चेत, सिर्जनशील शक्ति सबै भुत्ते हुँदैछ । हामी केबल कुनै अमूक पार्टीको प्रचारक, भाट र हनुमान बाहेक केही हुन सकेका छैनौं । जसले हनुमानगिरी गर्छ, हस् हजुरमा अरुलाई उछिन्छ, बफादारीमा सिपालु छ, त्यसलाई सामान्य रोजगारका लागि, व्यापार व्यवसाय र प्रतिष्ठाका लागि कुनै समस्या छैन । यसकारण हामी विभाजनका जुस्तासुकै बडेबडे पर्खाल लगाउन तयार छाैं । यतिमात्र हाेइन अब बच्चा नजन्मदै कि त कांग्रेस कि नेकपा बनाउँदैछाैं । विद्यालयमा पढिरहेका बालबालिकालाई समेत त्यसरी नै तयार गरिरहेका छाैं ।

दलीयकरणले शिक्षा क्षेत्रमा खडा गरेका अदृश्य पर्खाल कसरी ढाल्ने हाे ? विभाजनको घाउमा खाटो बस्न अझ कति समय लाग्ने हो ? दलीयकरणको दलदलमा फसिरहेकाे हाम्राे समाजलाई उम्काउने कसरी हाे ? अझ कति मान्छेहरु यसमा पिल्सिरहने हुन, थाहा छैन । हामी मिलाउन सफल भैहालेपनि चुँडिएको धागो जोड्दा गाँठाे परेकाे जस्तै हुनेछ, हाम्राे सम्बन्ध । न आत्मियता रहनेछ, न सदासयता रहनेछ न त सहृदयता नै । महासयहरु आफै भन्नुस् कसरी अघि बढ्नुहुन्छ ??




 
 

Comments

राजेन्द्र पराजुली